ट्यालेण्ट क्वेष्ट गण्डकी–१ को उपाधि एलिसा गुरुङले जितेकी छन्।
फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा भएको ग्राण्ड फिनालेमा पोखरा–१३, माटेपानीकी एलिसाले १५ प्रतिष्पर्धीलाई पछि पार्दै पहिलो संस्करणको उपाधि जितेकी हुन्।
यस्तै, लेखनाथकी श्रृष्टि राइभाट फष्ट रनरअप, लेखनाथकै खुसी गुरुङ सेकेण्ड रनरअप तथा आकांक्षा गुरुङ थर्ड रनरअप भए। जितसँगै प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने प्रतिस्पर्धीले क्रमशः ३० हजार, २० हजार र १० हजार पाए। उनीहरुले म्यूजिक भिडियो, जोमसोम प्याकेज तथा अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत पाएक छन्। त्यस्तै, भ्यूअर च्वाइस अवार्ड लेकसाइडकी ५ वर्षीया ऋतिषा श्रेष्ठले जित्दा वेष्ट कोरियोग्राफी उपाधि सजना गुरुङको पोल्टामा गयो।
‘बचाऔं हाम्रो मौलिक लोकसंस्कृति, हटाऔं पाश्चात्य पश्चिमी विकृति’ नाराका साथ एचआर फ्रेमिङ्ग र पिएम प्रिण्टिङ्ग अफसेट प्रेसको सहयोग तथा निश्चल डान्स एकेडेमी प्रालिको सहकार्यमा प्रतियोगिता गरिएको हो।
प्रमुख अतिथि गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्ट, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, वरिष्ठ नृत्य निदेर्शक गोरे गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए। यस्तै अमन तामाङ्ग, राहुल थापामगर, युवराज गुरुङ र लब्सन गुरुङ निर्णायक थिए। आयोजक फेवा डान्स एकेडेमी अध्यक्ष प्रवीन मगरले आगामी संस्करण थप परिमार्जित गर्दै अझै उत्कृष्ट बनाउने प्रतिबद्धता जाहेर गरे।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१