सिङ्दी तमु समाजको साधारण सभा

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७६
sindi tamu samaj photo_Fotor

पोखरामा सिङ्दी तमु समाजको छैटौं वार्षिक सधारण सभा सम्पन्न भएको छ।

लमजुङको सिङ्दी गाउँबाट विभिन्न पेशा, व्यावसाय गरी बसाइँसराइँ गरी पोखरामा स्थायी/अस्थायी रुपमा बसोबास गरेका सिङ्दीबासीले समाजको छैंठौँ वर्षगाँठ मनाएका हुन्।

समाजका अध्यक्ष बासुदेव गुरुङको सभापतित्वमा सम्पन्न सभालाई क्व्हो सोन्थर गाउँपालिकाका प्रमुख प्रेमबहादुर घले उद्घाटन गरेका थिए।

प्रमुख अतिथि घलेले सिङ्दी तमु समाजको संस्कृति मौलिक जातीय संस्कृति, गुरुङको सभ्य संस्कार प्रशंसा योग्य भएको बताउँदै आफ्नो रितीरिवाज, भेषभूषालगायत तमुका अनेक सांकृतिक पक्षलाई जर्गेना गर्नुपर्ने बताए।

समाजले सिङ्दी गाउँको विकास तथा चिनारीका लागि अतुलनीय योगदान गरेका ३ जना व्यक्तित्वलाई सम्मान गरेको छ।

यसरी सम्मानित हुनेमा सामाजिक क्षेत्रमा डा. राज गुरुङ, खेलकुदमा उत्तम गुरुङ, सांस्कृतिक क्षेत्रबाट हिमालय माविका शिक्षक युवराज गुरुङलाई सम्मान गरेको छ।

कार्यक्रममा सचिव हिरासुब्बा गुरुङले सचिवको प्रतिवेदन र आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष सीताराम गुरुङले प्रस्तुत गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width