ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १ विन्ध्यबासिनीको एघारौं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ। कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले छरिएर रहेका किसान, ब्यापारी, मजदुर, कर्मचारी, गृहणी तथा युवालगायतको रकम संकलन गरेर सहकारीले एकमुष्ठ लगानी गर्दा उत्पादनमा सघाउ पुग्ने बताए। उनले सहकारीलाई उत्पादन, उपभोग, श्रम र सीपमा आधारित रहेर स्वरोजगार सृजना गर्न र थप उत्पादनका कार्यमा जुटेर देशको समृद्धिमा सघाउनुपनेर्मा जोड दिए।
साधारणसभाको अवसरमा सहकारीले संस्थाका जेष्ठ नागरिक पशुपति पौडेल र आशमाया गुरुङ, असल ऋणी दुर्गा भुजेल, २०७५ सालमा एस.ई.ई.मा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने प्रसन्न पराजुली र प्रकृति पराजुली, दश जोड दुईमा उत्कृष्ट अंक ल्याउने जयन अधिकारीलाई सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष बिष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद अधिकारी, सचिव रमेशप्रसाद अधिकारी तथा छिमेकि सहकारी का अध्यक्षहरुले बोलेका थिए।
यसैबीच, सहकारीले अबदेखि दैनिक बचत संकलन गर्ने जनाएको छ। यसअघी माशिक रुपमा बचत संकलन गर्दै आएको सहकारीले अबदेखि दैनिक बचत संकलन गर्ने जनाएको हो। साथै सहकारीले छिट्टै रेमिटान्स सेवापनि सञ्चालन गर्ने सचिव रमेशप्रसाद अधिकारीले जानकारी दिए।
सहकारीले यस वर्ष १३ प्रतिशत लाभांश वितरण गरेको छ। सहकारीको शेयर पुँजी १ करोड ४६ लाख छ भने १ करोड ९ लाख निक्षेप संकलन गरिएको सहकारीका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१