सगरमाथा मार्ग टोल विकासमा युवराज

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६
sagrmatha_Fotor

सगरमाथा मार्ग टोल विकास संस्था, पोखरा १४ मा नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको शनिबार सन्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा युवराज थापा चयन भए। नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक थापा संस्थाका यसअघि विज्ञ सल्लाहकार समिति सदस्य थिए।

यस्तै उपाध्यक्षमा सरिता बास्तोला, सचिव कृष्णप्रसाद बराल, सहसचिव मीना खड्का, कोषाध्यक्ष गणेश भारती, सहकोषाध्यक्ष कृष्ण क्षेत्री छन्।

सदस्यमा यमबहादुर ढकाल, खगेन्द्र फगामी, शिव गिरी, हिमबहादुर श्रीष र धनमाया गुरुङ छन्।

यसअघि कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले सबैलाई मिलाएर वडाको बजेट विनियोजन गर्ने बताए।

कार्यक्रममा वडा सदस्य जितेन्द्रजंग थापा, टोलका विज्ञ सल्लाहकार सदस्य एवं प्रहरी नायव निरीक्षक होतबहादुर रोकाहा, नेकपा पोखरा १४ का वडाध्यक्ष बलबहादुर सेञ्चुरी, नेपाली काँग्रेस पोखरा १४ का वडा इकाइ सभापति बोधराज बराल, सगरमाथा आमा समूहका अध्यक्ष एवं टोलका सल्लाहकार जूना क्षेत्री, शीतलमार्ग टोल विकास संस्था अध्यक्ष भरतराज कार्की, प्रगति टोल विकास संस्थाका अध्यक्ष बेलबहादुर गुरुङ लागयतले सबैजना मिलेर टोलको विकासमा जुट्नुपर्ने बताए।

कार्यक्रममा संस्थाको विकासमा कार्यसमिति बाहिर रहेर पनि सहयोग पु¥याएकोमा यामबहादुर ढकाल, फणिन्द्र फगामीलाई सम्मानपत्रसहित सम्मान गरियो।

यस्तै, उत्कृष्ट चन्दादाता क्या. कृष्णबहादुर गुरुङ, युवाउद्यमी मञ्जुकुमारी गुरुङ, संस्थाका पूर्व अध्यक्ष नरबहादुर गुरुङलाई पनि सम्मान गरिएको सचिव कृष्णप्रसाद बरालले जानकारी दिए।

संस्थाका अध्यक्ष रुपबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहकोषाध्यक्ष गणेश भारती र संचालन सचिव बरालले गरेका थिए।

कार्यक्रममा सचिव बराल र कोषाध्यक्ष पवित्रा पचभैयाले प्रस्तुत गरेको क्रमशः सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो। नब्बे घरधुरी आबद्ध सो संस्था सामाजिक विकासमा निकै क्रियाशील मानिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width