त्रिभुवन शान्तिमा चित्रकला

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७६
tsb

लेखनाथ,२८ भदौ । स्वर्ण महोत्सवको तयारी स्वरुप विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको त्रिभुवन शान्ति नमूना मावि पोखरा–३० ले स्वर्ण महोत्सव मूल आयोजक समितिको वैठक, छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख व्यक्तित्व पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, कार्यक्रमका सभा अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपिराज पौडेल, पूर्व अध्यक्ष दुर्गा न्यौपाने र पूर्व प्र.अ. डिल्लीराम पौडेल, पूर्व जि.शि.अ.केशरीरमण न्यौपाने वडा नं ३० कांग्रेस नेता दुर्गा सुबेदी लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य सहायक प्र.अ. लोकराज ढकाल साथै धन्यवाद ज्ञापन प्रदीप न्यौपानेले गरेका थिए । यही मंसिर १ मा समापन गर्ने गरी वैशाखदेखि विभिन्न अन्तरमाध्यमिक विद्यालय स्तरीय कार्यक्रमहरुमा पोखरा, लेखनाथ क्षेत्रका विभिन्न विद्यालयहरुको उल्लेख्य मात्रामा सहभागीता रहदै आइरहेको छ ।

विद्यालयले गरेको चित्र कला प्रतियोगितामा १६ प्रतियोगी विद्यालय मध्ये प्रथम सिद्धिविनायक बोर्डिङकी सोसीमा घले, द्वितीय गोगन मा. वि.का चित्रबहादुर रानामगर , तृतीय त्रिवेणी पब्लिककी मलिना गुरुङ्ग, र जन प्रकाश मा. वि.का अर्जुन परियारले चौथो स्थान हासील गर्न सफल भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width