पोखरा, १९ भदौ । साझा पार्टी गण्डकीले पत्रकार ओम हमालको गिरफ्तारी नियोजित भएको भन्दै विरोध जनाएको छ । पार्टीले पत्रकार हमाललाई तत्काल रिहाई गर्नुपर्ने माग राख्दै पत्रकार महासंघले देशव्यापी चलाईरहको आन्दोलनमा ऐक्यबद्धता समेत जनाएको छ ।
साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा लोकतन्त्रमा पनि व्यक्तिगत आस्थाका आधारमा एउटा पत्रकारलाई राज्यले बन्धक बनाउनु लज्जासपद् भएको उल्लेख छ । ‘ वैयक्तिक स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो । तर व्यक्तिगत आस्थाका आधारमा टेकेर कोहीलाई विनाकारण दुःख दिइन्छ भने त्यो पक्कै पनि सह्य हुँदैन । नेपाल पत्रकार महासंघ कास्की शाखाका पत्रकार ओम हमाललाई राज्यले यतिबेला यस्तै विभिन्न आरोपहरु लगाएर दुःख दिइरहेको छ ।’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जारी प्रेस विज्ञप्तिमा साझा पार्टीले राज्यले लोकतन्त्रको उपहास गरेर जनताले गरेका संघर्ष र आन्दोलनको मजाक उडाएको बताएको छ । राज्य संचालनमा रहेका दलहरुले लोकतन्त्रको गलत अभ्यास गरिरहेको पार्टीको तर्क छ । ‘यतिसम्म कि राज्यले सम्मानित सर्वोच्च अदालतको समेत मानहानी गर्ने काम गरेको छ । र, यो सरासर राज्यको दमन हो ।’ साझा पार्टीले संयोजक भण्डारीले भनेका छन् । साथै साझा पार्टी गण्डकीले सरकार चाँडै सच्चिएर अगाडि बढ्नुपर्ने धारणा समेत पेश गरेको छ ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१