पोखरा, भदौ १६ । लायन्स क्लब अफ पोखरा आर्दश चौतारीले आइतबार आफनो पाचौ स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।
प्रमुख अतिथि ३२५ वि वानका सेकेण्ड भाइस गर्भनर विशेश्वर आचार्यले कार्यक्रमको उद्घाटन गदै बालबालिका र युवा लक्षित सशक्तिरणको भूमिकालाई लायन्सले निर्वाह गदै शिक्षा र स्वास्थ्थमा जोड दिनु पर्ने बताए । त्यसैगरी पिएमसीसी प्रेमबहादुर श्रेष्ठले निकै छोटो समयमा क्लबले प्रशंसनीय कार्य गर्न सफल भएकोमा धन्यवाद व्यक्त गदै मानवीय सेवामा निरन्तरताको लागि शुभकामना व्यक्त गरे ।
क्लबका अध्यक्ष भरतराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा ३२५ बी वानका डिष्ट्रीक क्याविनेट सेक्रेटरी विनोद ढुंगाना, जोन चियर पर्सन ओमप्रकाश सिग्देल, जेएलटी डिष्ट्रीक को–अडिनेटर किशोर बराल, डेपुटी डिर्पाट चीफ माधव पौडेल,क्लवका एक्सेशन चियर पर्सन कमलबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य गरेको थिए ।
सो अवसरमा वर्षभरी भएका विभिन्न कार्यक्रममा संयोजक भई कार्य गरेका दयाशंकर गौतम, राजेन्द्र भण्डारी, मोहनराज पौडेल, वसन्तराज कोइराला, रुकबहादुर गुरु·, नमराज क्षत्री र विद्यालयमा अक्षयकोष स्थापना गरेका किशोरकुमार रंजितलाई सम्मान एवम् नवआगन्तुक सदस्यहरुलाई स्वागत गएिको थियो । एक्सेशन चियर पर्सन कमलबहादुर बस्नेत र राजु श्रेष्ठबाट क्लवलाई वीस थान लायन्सको लोगो अंकित पंहेलो ज्याकेट सहयोग प्रदान गरेका थिए । कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष मोहनराज पौडेल, धन्यवाद ज्ञापन चार्टर प्रेसिडेण्ट वासुदेव कोइराला र सञ्चालन सचिव रुकबहादुर गुरु·ले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१