लेखनाथ, १५ भदौ । पोखरा महानगरपालिका वडा नं ३३ बागमारास्थित सरस्वती टीका माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद कृष्ण थापाले गुणस्तरीय शिक्षा बर्तमानको आवश्यकता भएको बताउँदै शिक्षाको गुणस्तरीयता अभिबृद्धिका लागि आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले शिक्षामा सबैको पहुँच स्थापित भैसकेको बर्तमान अवस्थामा राज्यको आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार गर्ने शिक्षाको विकल्प नभएको बताए ।विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्लेले विद्यालयका गतिविधि र भावी योजना प्रस्तुत गरेको उक्त समारोहमा विभिन्न विधामामा उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृतगरिनुका साथै अक्षयकोषबाट प्राप्त छात्रवृत्तिहरु प्रदान गरिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यका ेअध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गणेशप्रसाद ढकालले समयको माग एवम् अभिभावकको अपेक्षा अनुरुप विद्यालयमा प्राविधिक विषयको पठनपाठनमा जोड दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार केशरप्रसाद निर्दोषी, विदुरहरि आचार्य, सोमनाथ भण्डारी ,अभिभावक नारायणप्रसाद आचार्य, लगायतले समयको माग अनुरुप विद्यालयले दक्ष जनशक्ति तयार गर्ने किसिमको गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राखेका थिए । विद्यालयका शिक्षक श्रीधर आचार्य र महेश्वर अधिकार्रीले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका विद्यार्थीबाट नृत्य सहितका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए ।
Related News
सम्बन्धित समाचार
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१