पोखरा, १२ भदौ । पोखरा–१७ घारीपाटनस्थित शुभकामना आमा समूहको १७ औं वार्षिक साधारण सभा एवम् नवौ अधिवेशनले हिरा अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
दुई बर्षे कार्यकालका लागि समूहको उपाध्यक्षमा कोपिला श्रेष्ठ, सचिवमा रन्जिता सुवेदी, सह-सचिवमा कृष्ण पराजुली, कोषाध्यक्षमा मीना द्धारे चयन भएका छन् । त्यस्तै सदस्यमा सृजना खनाल, मिठु द्धारे, राधा कार्की, प्रमिला शर्मा, विमला भुजेल, ममता पौडेल, देवि न्यौपाने, जमुना सोराली छन् ।
अधिवेशनको उद्घाटन समुहका पूर्वअध्यक्ष सुकुना गुरुङले गरेका थिए । उक्त अवसरमा संचारकर्मी हरि बाँस्तोला, समाजसेवी नारायण श्रेष्ठ लगायतको आफ्ना भनाई राखेका थिए ।
उक्त अवसरमा ७० वर्ष उमेर समूहका १२ जना आमाबुवा र एसइई परीक्षामा उत्तिर्ण सात जना विद्यार्थी सहित समाजसेवी बैकुण्डलाल जिसी र हिमालय बोर्डिङ स्कूलका पिन्सिपल डा. टेकनारायण पौडेललाई सम्मान गरिएको थियो ।
समूहका अध्यक्ष विचित्रा भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, समूहका पूर्वअध्यक्ष पार्वती खड्का लगायतले आमाहरु नेतृत्व विकाससँगै उत्पादनसँग जोडिनु पर्ने आवश्यक रहेको बताए ।
समूहका सचिव मिना के.सी.ले सञ्चालन गरेको उक्त कार्यक्रममा कोषाध्यक्ष मीना द्धारेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१