एन्फा स्याङ्जा लीगको उपाधि होराइजनलाई

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७६
AAAn

स्याङ्जा, ११ भदौ । एन्फा स्याङ्जाद्वारा आयोजित क्लब स्तरीय जिल्ला लीग फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब भूम्रेले हात पारेको छ ।

पुतलीबजार नगरपालिका १३ स्थित मातृभूमि खेल मैदानमा मंगलबार भएको प्रतियोगितामा होराइजनले सहआयोजक स्मृति क्लबलाई ९ का बिरुद्ध १ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमै पेनाल्टी मार्फत १ गोल गरेको स्मृतिलाई होराइजनले ३ गोल गरेको थियो । त्यसपछिको दोश्रो हाफ खेलमा लगातार ६ गोल गरेर होराइजन फराकिलो अन्तरले बिजयी भएको एन्फा सदस्य महादेव श्रेष्ठले जानकारी दिए ।

बिजयी भएसंगै होराजनले नगद २५ हजार सहित मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता स्मृतिले १५ हजारमा चित्त बुझाउन बाध्य भएको छ ।
स्याङ्जा जिल्ला फुटवल संघ एन्फाको आयोजना र स्मृति क्लबको सहआयोजनामा झण्डै २ सातासम्म संचालित लीग प्रतियोगितामा जिल्लाभरबाट १३ क्लब सहभागी थिए । उपाधि जितेसंगै होराइजनले अव प्रदेश स्तरीय लीग प्रतियोगितामा सहभागी हुने अवसर पाएको छ ।

समापनमा बोल्दै नगरप्रमुख सीमा क्षत्री, एन्फाका केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिंह, उपप्रमुख महेश पुरी, प्रवक्ता ख्यामनारायण अधिकारी, एन्फा स्याङ्जाका अध्यक्ष मुक्त राना, महासचिव भिमप्रसाद पंगेनी लगायतले फूटवल प्रतियोगिताका आवश्यकता बारेमा जानकारी गराएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै