म्याग्दी,७ भदौ । म्याग्दीको मालिका गाउँपालिकाका अभिभावक विहिन तथा विपन्न परिवारका विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा मालिका गाउँपालिकाको व्यवस्थापनमा अभिभावक विहिन तथा विपन्न परिवारका विद्यार्थीहरुलाई सो सहयोग प्रदान गरिएको हो ।
गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत अभिभावक विहिन तथा विपन्न परिवारका १ सय ३८ विद्यार्थीलाई प्रति विद्यार्थी ६ हजार रुपैयाँका दरले वितरण गर्ने गाउँपालिका शिक्षा संयोजक तेजप्रसाद लामिछानेले जानकारी दिए ।
सोही कार्यक्रम अन्तर्गत शुक्रबार मालिका गाउँपालिका ५ देविस्थान स्थित भिम माविमा अध्ययनरत अभिभावक विहिन र विपन्न परिवारका ७ जना विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
विद्यालयमा अध्ययनरत अभिभावक विहिन तथा विपन्न परिवारका ७ जना विद्यार्थीलाई ६ हजारका दरले ४२ हजार रुपैयाँ सहयोग वितरण गरिएको हो । कार्यंक्रममा गाउँपालिका शिक्षा संयोजक तेजप्रसाद लामिछानेले र शिक्षक अभिभावक संघकी अध्यक्ष रेखा पुर्जाले सहयोग हस्तान्तरण गरेका हुन् ।
शिक्षा संयोजक लामिछानेले अभिभावक विहिन तथा विपन्न परिवारका विद्यार्थीको शैक्षिक क्षेत्रमा आर्थिक सहयोग पु¥याउने उद्धेश्यले आर्थिक सहयोग वितरण गरिएको बताए ।
मन्त्रालयको निति तथा मापदण्ड अनुसार गाउँपालिका भित्रका अभिभावक विहिन तथा विपन्न परिवारका विद्यार्थीहरु छनोट गरी आर्थिक सहयोग वितरण गरीएको संयोजक लामिछानेले जानकारी दिए । शिक्षक अभिभावक संघकी अध्यक्ष रेखा पुर्जाको अध्यक्षता ,शिक्षक यामनाथ पौडेलको स्वागत र शिक्षक नरबहादुर विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
मालिका गाउँपालिकाका २९ विद्यालयमा अध्ययनरत १ सय ३८ जना अभिभावक विहिन र विपन्न विद्यार्थीलाई ६ हजारका दरले १० लाख ८० हजार रुपैयाँ वितरण गरिने शिक्षा संयोजक लामिछानेको भजाई छ ।
Related News
सम्बन्धित समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१