‘जाइरा’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७६
xaira

चलचित्र ‘जाइरा’को ट्रेलर बुधबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ।

आगामी ६ भदौबाट रिलिज हुने चलचित्र ‘जाइरा’मा नायिका नम्रता श्रेष्ठ अहिलेसम्मकै बोल्ड र ग्लामर अवतारमा प्रस्तुत भएको ट्रेलरमा देखिन्छ।

एक मिनट ३५ सकेन्डको यो ट्रेलरमा पाँच पटक चुम्बनको दृश्य राखिएको छ। अभिनेत्री नम्रताको तीन वटा निकै कामुक चुम्बन र अर्की अभिनेत्री सृजना रेग्मीको दुई ओटा कामुक चुम्बनको दृष्य ट्रेलरमा देखिन्छ।

ट्रेलरमा अभिनेता अनुपविक्रम शाही र नम्रताबीच अरु सम्बन्ध भन्दा रोमान्ससँगै चुम्बन र इन्टिमिसी सिनलाई बढी महत्व दिइएको छ। ‘जाइरा’को ट्रेलरमा राखिएको नव अभिनेत्री सृजनाको विकिनी सिन र प्रमेद अग्रहरीसँग उनका चुम्बन दृष्यले पनि यो फिल्म ‘लभ सेक्स र रिभेन्ज’मा आधारित देखिन्छ। ट्रेलरको अर्को सशक्त पाटो भनेको एक्सन हो।

फिल्म ‘जाइरा’मा चुम्बनको दृश्यसँगै बडी एक्स्पोजमा खुलेकी अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको रुपमा प्रस्तुत भएकी छिन्। ट्रेलर अनुसार सुरुमा एक युवतीको रुपमा प्रस्तुत भएकी नम्रता समाजमा आफूमाथि आइपर्ने अन्याय अत्याचारबिरुद्ध ब्वाइज कट हेयर स्टाइलसहित बक्सिङ खेलाडीको रुपमा प्रस्तुत भएकी छिन्। यो खेलबाट उनले आफ्ना दुश्मनलाई हराउँदै उनीहरुसँग अन्त्यमा बदला लिएको ‘जाइरा’को ट्रेलरबाट पुष्टी हुन्छ। उनले बक्सिङ खेलमा दिन रात नभनी गरेको मेहनत ट्रेलरमा झल्किएको छ।

‘द किङ अर्थात’ राजाको रुपमा प्रस्तुत भएका प्रमोद अग्रहरिको चरित्र निकै प्रभावशाली छ। बुलेट बनेकी नव अभिनेत्री सृजनाले आफूलाई ससक्त भिलेनमा प्रस्तुत गरेको ट्रेलरले दर्शाएको छ।

चलचित्र ‘जाइरा’ मा नम्रता र प्रमोदसँगै अनुपबिक्रम शाही, रेमनदास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरले शीर्ष भूमिकामा अभिनय गरेका छन्। यस फिल्मलाई आसुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन्। यस चलचित्रको ट्रेलर रिलिज समारोहमा ‘जाइरा’का कलाकारले फिल्ममा आफ्नो भूमिका र अनुभवबारे यसरी प्रकाश पारे।

यस फिल्मको आलेक निर्देशक श्रेष्ठ र निरोज महर्जनले तयार पारेका हुन्। प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width