नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कुनै हालतमा नरोक्न निर्देशन दिएका छन्।
विहीवार सो विमानस्थलमा आयोजित विमानस्थलको प्रगति र समस्याविषयक छलफल कार्यक्रममा मन्त्री भट्टराईले स्थानीय तथा अन्य सरकारी निकायहरुलाई त्यस्तो निर्देशन दिएका हुन्। उनले विमानस्थल निर्माणमा बाधा हुने कुनै काम सह्य नहुने बताए। उनले आयोजनाले माग गरे अनुसार पर्याप्त मात्रामा नदीजन्य पदार्थ उपलब्ध गराउनेदेखि आवश्यक सबै सहयोग गर्न निर्देशन दिएका थिए। ‘विमानस्थल मेरो लागि एउटा परीक्षा हो, ’ उनले भने, ‘प्रधानमन्त्रीले यो विमानस्थल समयमा सके नसकेको हेरेर मेरो परीक्षा लिनुहुनेछ। ’ मन्त्री भट्टराईले सन् २०१९ डिसेम्बर ३० भित्र विमानस्थल निर्माणको काम सक्न समेत निर्देशन दिएका थिए।
सरकारले समेत विमानस्थल निर्माणलाई ठूलो प्राथमिकतामा राखेको भन्दै उनले थपे, ‘जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको ४ महिनामा ती सबै काम पूरा हुन्छ। ’ सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताए। विमानस्थलमा भइरहेको कामबारे जानकारी गराउँदै विमानस्थल आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले निर्माण सामग्रीको अभाव नभए समयमै काम पूरा हुने भनाइ राखे। ‘निर्माण सामग्री रोकिँदा बीचमा केही समस्या भयो। अहिले काम तीव्ररुपमा अगाडि बढेको छ, ’ उनले भने। धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको उनले जानकारी दिए।
अहिलेको हिसाबले ४ महिनाभित्र विमानस्थलको निर्माण सक्न सम्भव भएको भनाइ पनि उनले राखे। कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुनेमा जोड दिँदै उनले विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपनेर्मा जोड दिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१