राजधानी काठमाण्डौमा रहेको इन्टरनेट तथा डिजिटल केबल टिभी सेवा प्रादायक कम्पनी सुविसुको मुख्य कार्यालयमा आगलागी भएपछि पोखरामा क्लियर टिभीको प्रसारण अवरुद्ध भएको छ । सुविसुको इन्टरनेट र क्लियर टिभीको संकेतलाई काठमाण्डौबाट अप्टिकल फाइबरले तानेर पोखरा उपत्यकामा पोखरा इन्टरनेट तथा अर्मला केबल टिभीले एउटै तारबाट प्रसारण गर्दै आएका छन् । पोखरा भरि हाल क्लियर टिभी पूर्ण अवरुद्ध भएको छ भने इन्टरनेट भने कुनै ग्राहकको चल्ने त कसैकोमा नचल्ने समस्या देखिएको पोखरा स्थित कार्यालयले बताएको छ । बालुवाटार स्थित मुख्य कार्यालयको जेनेरेटर कक्षमा रहेको डिजल भण्डारबाट दिउँसो १२ बजेदेखि लागेको आगलागी शुरु भएको थियो । नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको सहयोगमा आगोलाइ दिउँसो १ः३० मा नियन्त्रणमा लिइएको थियो । काठमाण्डौ स्थित सुबिसुको कल सेन्टरमा सम्पर्क राख्दा सेवा शुरु हुन कति समय लाग्छ भनेर भन्न नसकिए पनि सम्पूर्ण प्राविधिक टिम अवरुद्ध सेवा खुलाउन लागिपरेको जानकारी प्राप्त भएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१