पोखरा, २१ साउन । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान प्रधानान्त्री केपी ओलीले जर्मनीका तत्कालीन चान्सलर एडोल्फ हिटलरको शैलीमा सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित एवं पालिखे परिवारद्वारा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट मंगलवार पोखराका पत्रकार रवीन्द्र बास्तोलालाई सम्मान गर्दै देउवाले भने– जसरी तत्कालीन जर्मनी शासक हिटलरले प्रजातान्त्रिकपद्धति अनुसार निर्वाचितभई संसद कब्जागरी निरङ्कुश बनेका थिए त्यसरी नै नेपालका प्रधानमन्त्री ओली संसद कब्जागरी निरङ्कुश बन्न खोज्दै छन् ।
निरङकुश प्रधानमन्त्री केपी ओलीले चाल्ने प्रजातन्त्र बिरोधी कदमका बिरुद्व नेपाली काँगेसले सदन र सडक तताउछौ, देउवाले भने– काँगेसको बिरोध सदनमा कुर्ची तोडफोड र सडक बन्द हैन शान्तिपूर्ण बिरोध हुने छ,जसका कारण आम नागरिकलाई काँग्रेसले आफ्नो पक्षमा ल्याउन सक्ने छ ।
केपी नेतृत्वको सरकारले चाल्ने प्रजातन्त्र बिरोधी कार्यको डटेर बिरोध गछौ, डेढ वर्ष हे¥यौ अब चुप लागेर बस्दैनौ, उनले भने– सरकारले लोकतन्त्रलाई नै समाप्त गर्नेगरी प्रेस काउन्सिल विधेयक ल्याएर पत्रकारितालाई अंकुश, मानव अधिकार आयोगका अधिकार खुम्च्याउने, सुरक्षा परिषद्को अधिकार आफ्नो हातमा लिने काम ओलीले गदैछन् ।
सच्चा लोकतन्त्र भएको देशमा स्वतन्त्र पत्रकारिता हुने गर्छ, स्वतन्त्र पत्रकारिता बिना प्रजातन्त्र पनि धरापमा पर्छ,, नेपाली काँग्रेस सधै लोकतन्त्र, स्वतन्त्र पत्रकारिता, मानव अधिकार, व्यक्ति स्वतन्त्रता र स्वतन्त्र न्यायलयको पक्षमा उभिन्छ ती कुरामा कसैसँगै सम्झौता गदैन् ।
स्वतन्त्र प्रेसलाई नै अंकुश लगाउनेगरी ल्याइएको प्रेस काउन्सिल विधेयकलाई नेपाली काँग्रेसले कुनै पनि हातलमा संसदबाट पास हुन दिने छैन, त्यो विधेयकको विरुद्धमा काँग्रेस डटेर लड्छ देउवाले भने । हरेका संवैधानिक आयोगमाथि आक्रमण गर्ने काम वर्तमान सरकारले गरेको छ यसले लोकतन्त्रलाई राम्रो गर्दैन, देउवाले भने–अब प्रतिपक्षी पार्टी भूमिका निार्वाह गछौ । सरकारका राम्राकामलाई राम्रो र नराम्रो कामलाई नराम्रो भन्दै काँग्रेस गाउँर वडासम्म पुग्छ, देउवाले भने–अब काँग्रेस सुतेर बस्न हुदैन ।
त्यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारको न्यूनतम पारिश्रमिक लागु गर्ने कार्य अगाडि वढेको र श्रावण महिनादेखि ठूला मिडिया हाउसले श्रमजीवी पत्रकारको पारिश्रमिक बैंक मार्फत दिने भएका छन् । साथै उनले वर्तमान सरकारका नराम्रा कामको विरुद्ध नेपाली काँग्रेसले मुद्दाको रुपमा लिएर अगाडी वढ्न समेत सुझाव दिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पुरस्कृत व्यत्तित्व रवीन्द्र बास्तोला, अग्रज पत्रकार नारायण कार्की, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेस कास्कीका सभापति कृष केसी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी लगायतले स्वतन्त्र पत्रकारिताको पक्षमा आफ्ना भनाई राखेका थिए । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम पालिखे परिवारबाट सुनयना पालिखेले आफ्ना भनाई राखेकी थिइन् । उक्त पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्र रहेको छ । पुरस्कृत व्यतित्व बास्तोला पोखराबाट प्रकाशित हिमदूत दैनिकका सम्पादक हुन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१