उपेन्द्र श्रेष्ठ र छवि सुवेदीको जोडीले मिलिजुली कप मेन्स डबल्स ब्याडमिण्टन प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा शिव शर्मा र अमर महर्जनको जोडीलाई २१–१८ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपेन्द्र जोडीले उपाधि जितेको हो। प्रतियोगितामा नारायणहरि तिवारी र हेमकृष्ण श्रेष्ठ तथा दीपक मुल्मी र सुरेश श्रेष्ठको जोडीले तृतीय स्थान हासिल गर्यो। प्रदेश सांसद कृष्ण थापाले एक समारोहबीच विजयी खेलाडीहरुलाई ट्रफी, मेडलले पुरस्कृत गरे। पुरस्कार प्रदान गर्दै सांसद थापाले स्वस्थ्य नागरिक उत्पादन र अनुशासित समाज निर्माणका लागि यस्ता प्रतियोगिताले निरन्तरता पाउनुपनेर्मा जोड दिए।
सोपाल तमु समाजमा नियमित रुपमा ब्याडमिण्टन खेल्दै आएका खेलाडीहरुको विभिन्न २२ समूहको प्रतियोगितामा सहभागिता थियो। खेलाडीबीच भाइचारा अभिवृद्धिका लागि बेलाबखत मिलिजुली कप आयोजना हुँदै आएको प्रतियोगिता संयोजक ठाकुर सिग्देलले जानकारी दिए। सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रम खेलाडी विजय शाहीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१