कञ्चनपुर, ७ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट ¥याल फालेर बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् । स्थानीय बाख्रापालक प्रेम धानुकको मात्रै सोमबार नौ बाख्रा मरेका छन् ।
“भमरभोज टोल र पारिफाँटाका बाख्रापालकका बाख्रा मरेका छन्”, वडाध्यक्ष बहादुरसिंह महराले भने “धेरै बाख्रा मरेको भन्ने खबर आएको छ, विवरण सङ्कलन भइरहेको छ, धमाधम बाख्रा मर्न थालेपछि स्थानीय बासिन्दालाई बाख्राको मासु नखान भनेका छौँ ।” मरेका बाख्रालाई खाल्डोमा राखेर पुर्न लगाइएको उनले बताए ।
एकपछि अर्को बाख्रा मर्न थालेपछि निकै क्षति व्यहोर्नुपरेको बाख्रापालक धानुकले बताए । मरेका बाख्राको नमूना सङ्कलनको कार्यसमेत गरिएको छ । पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका कार्यालय प्रमुख डा विष्णु धिताललगायत तीन प्राविधिकको टोली र पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाको टोलीले मरेका दुई बाख्राको परीक्षण गरी नमूना सङ्कलन गरेको शुक्लाफाँटा नगरपालिका पशु स्वास्थ्य शाखाका प्रमुख पशु अधिकृत रामदत्त भट्टले बताए ।
मथे नामक घाँस खुवाइएपछि धमाधम बाख्रा मरेको जानकारीका आधारमा पशु विज्ञले सो घाँसमा एक प्रकारको विषाक्त रसाइन पाइने हुनाले नखुवाउन बाख्रापालकलाई सुझाव दिएका छन् । परीक्षण गरिएका बाख्रामा एक प्रजातिको जुकासमेत पाइएकाले जुकाको औषधि र लिभरटनिक खुवाउन सल्लाह दिएका छन् । “मरेका बाख्राबाट लिइएका नमूनाको प्रयोगशालामा परीक्षणपश्चात मात्रै यो कारणले बाख्राको मृत्यु भएको जानकारी हुनसक्ने छ । यसका लागि एक दुई दिन लाग्न सक्छ”, अधिकृत भट्टले भने ।
Related News
सम्बन्धित समाचार
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
वडा १२ मा डेंगु सम्बन्धी सचेतना र र्याली
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१