गएको असार १३ गतेबाट प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ ले नेपालमा अपेक्षाकृत व्यापार गर्न चुकेको छ। ‘वर्ड अफ माउथ’ खासै राम्रो नहुँदा फिल्मले नेपालबाट लगानी सुरक्षित गर्न असम्भव देखिन्छ।
शुक्रबारबाट तेस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्मले प्रदर्शनको दुई हप्तामा घरेलु बजारबाट १ करोड ३० लाखको व्यापार गरेको निर्देशक अनमोल गुरुङले जानकारी दिएका छन्।
तेस्रो साताबाट यो फिल्म प्रायः सिंगल थिएटरबाट उत्रिएको छ। राजधानीका केही मल्टीप्लेक्समा भने एक र दुई शो पाइरहेको छ। तर, फिल्मलाई दर्शकको चर्को खडेरी छ। त्यसमाथि केही दिनयता निरन्तर रुपमा परेको पानीले फिल्मको व्यापारमा ठूलो असर पुगेको छ। नेपालमा राम्रो व्यापार गर्न नसके पनि ‘आप्पा’ ले भारतबाट लगानी उठाउने देखिएको छ। फिल्मलाई भारतमा बस्ने नेपालीले निकै रुचाएका छन्।
भारतको २५ शहरमा चलेको यो फिल्मले प्रदर्शनको एक हप्तामा १ करोड ८८ लाख भारु अर्थात् नेपाली ३ करोड ८० हजारको व्यापार गरेको निर्देशक गुरुङको भनाई छ। पहिलो साताझैं दोस्रो साता पनि भारतको हलमा दर्शकको साथ राम्रो पाउनेमा निर्माण टिम विश्वस्त छ। केही दिन अगाडि अभिनेता दयाहाङले भारतको केही हल पगेर दर्शकसँग साक्षात्कार गरेका थिए। त्यहाँ उनको जबरजस्त क्रेज देखिएको थियो।
बुबा र छोराको भावनात्मक सम्बन्धको कथा वाचन गरेको फिल्म ‘आप्पा’ मा रुदेन सादा लेप्चाको लगानी रहेको छ। फिल्ममा दयाहाङका अलावा सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ। अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१