कास्की मोडनाइज्ड एकेडेमी तथा कक्षा १२ का विद्यार्थीको संयुक्त व्यवस्थापनमा नव आगन्तुक विद्यार्थीको अभिमुखीकरण कार्यक्रम गरेको छ।
विद्यालयका संस्थापन प्राचार्य रामबहादुर मोचीले विद्यार्थीले जीवनमा सफलता हासिल गर्न हरेक आफ्नो लक्ष्यका लागि एकाग्रताका साथ समर्पित हुनुपर्ने बताए।
उनले शिक्षण सिकाइमा शिक्षक विद्यार्थी दुवैले अन्तरक्रियात्मक पद्धति अपनाइ जीवनका लागि सिकाइ हुनुपर्ने बताए।
विद्यालय इञ्चार्ज शिवलाल उपाध्यायले विद्यालयको शिक्षण पद्धति र अनुशासनलाई प्रथामिकता दिँदै विद्यार्थीले के जान्यो भन्दा पनि के सिक्यो भन्ने कुरामा निगरानी राखिने बताए। उनले विद्यालयका सुविधा र नीति कार्यक्रमका बारेमा प्रकाश पारे।
कार्यक्रममा कक्षा १२ कि कृष्टिना मल्ल र शीला बास्तोलाले स्वागत मन्तव्य राखेका थिए भने ११ तर्फबाट गणेश रेग्मीले धन्यवाद ज्ञापन गरेका थिए।
यस्तै, शिक्षक शिवु ढकाल, ठाकुर पोखरेल, सुशील अधिकारी, खेमराज चालिसेले मन्तव्य राखेका थिए।
कार्यक्रममा विद्यार्थीलाई व्यवस्थापन समितिका अध्यक्ष राधा नेपाली, प्राचार्य रामबहादुर मोची, प्लस टु कोर्डिनेटर शिवलाल उपाध्यायले अबिर, खादा र मायाको चिनो दिएर स्वागत गरेका थिए।
कार्यक्रममा मिस सी हुन सफल सिम्रन गुरुङ, गण्डकी प्रदेशबाट उत्कृष्ट नृत्य गर्न सफल रोशन घर्तीमगर, विद्यालय मनिटर बिन्ती गुरुङ र कास्की मोडनाइज्ड एकेडेमीको युवा रेडक्रसका उपाध्यक्ष समीक्षा नेपालीलाई सम्मान गरिएको थियो।
कक्षा ११ र १२ का विद्यार्थीले नृत्य तथा गीत प्रस्तुत गरेको कार्यक्रमको शिक्षक सुशील नेपाली र विद्यार्थी पूजा रानाभाटले संयुक्तरुपमा सञ्चालन गरेका थिए।
पोखरा चाउथेस्थित एकेडेमीले विज्ञान र व्यवस्थापन समूहतर्फ गत वर्ष जस्तै यसपालि पनि २/२ सेक्सनमा भर्ना लिएको छ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१