पोखरा । भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा चौथो स्थान हासिल गरेका आयुष केसीले चलचित्र ‘हजार जुनीसम्म’ को टाइटल गीत गाउने भएका छन् ।
यससँगै आयुषले पहिलो पटक नेपाली फिल्मको गीतमा आफ्नो स्वर भर्दैछन् । केही दिनघि मात्रै ‘स्व. वासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार पाएका उनले ‘नाईं नभन्नू ल’ फेम्ड चाइल्ड आर्टिस्ट अनुभव रेग्मीका लागि गीत गाउन लागेका हुन् ।
भदौको ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हजार जुनीसम्म’ मा बाल कलाकार अनुभवको अभिनय छ । यस फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, शिवहरी पौडेल, प्रियंका कार्की, संचिता लुइँटेल, अनुभव रेग्मी, अखिलेस प्रधान, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । केही दिन अगाडि फिल्मको ‘आज नगद भोली उधारो’ गीत सार्वजनिक भएको थियो । जसमा आर्यनसँग हास्यकलाकार दीपाश्री निरौलाले नृत्य गरेकी छन् ।
उक्त फिल्मको ‘एमजी रोडैमा’ बोलको गीत पनि इन्टरनेटमार्फत रिलिज भइसकेको छ । फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा उदयराज सोताङ, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । अनुभवकी आमा कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्ममा विशाल चाम्लिङ निर्माता रहेका छन् ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
नवलपुरमा २५ सय हेक्टर वन सखाप
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१