पाल्पा। २६ असार । प्रदेश ५ मा अन्तर जिल्ला प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ पाल्पामा सुरु भएको छ । पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले खेल सामाग्री हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका हुन् ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ तीन दिनसम्म चल्ने यस प्रतियोगितामा विभिन्न कवड्डी महिला पुरुष, कराते, तेक्वान्दो, उसु, एथलेटिक्स (महिला पुरुष) दौड प्रतियोगिता, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो, सटपुट, लगाएतका खेल सञ्चालन हुने छन् ।
पाल्पाको टुँडिखेल मैदान, सामुदायिक कवडहल, बाल मन्दिर लगायतका खेल मैदान र स्थानमा खेल सञ्चालन हुने सहआयोजक जिल्ला खेलकूद विकास समितिका अध्यक्ष करुणा काफ्लेले बताए । प्रतियोगितामा बर्दिया, बाँके, दाङ्ग, रुकुम पूर्व, प्युठान, कपिलवस्तु, नवलपरासी, रुपन्देही अर्घाखाची, गुल्मी र पाल्पाका गरी १२ जिल्लाका ११ सय खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।
पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले खेल क्षेत्रले राष्ट्रलाई चिनाउन पु¥याएको योगदानको उच्च कदर गदै राज्य खेल क्षेत्रको बिकासमा सदैव लागिपर्ने बताए । प्रदेश अध्यक्ष भिम ओलीले पाल्पालाई खेलकुदको हव बनाउन पहल गरिने बताए । खेल पर्यटनको बिकाससँगै सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना सकार पार्ने पहल गरिने उनको दावी छ ।
पहिलो दिन महिला एवं पुरुष कवडी, तेक्वान्दो र पुरुष भलिबल तथ करातेका खेलहरू सञ्चालन भएका छन् ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१