प्रादेशिक तथा स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको विकास, विस्तार तथा गुणस्तर सुनिश्चिततासम्बन्धी परामर्श बैठक सम्पन्न भएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्वारा मंगलवार पोखरामा आयोजित सो बैठकमा काठमाडौं विश्वविद्यालयका पूर्व डीन डा टंकनाथ शर्माले तालिमको सान्दर्भिकता पहुँच र गुणस्तरविषयक आधारपत्र प्रस्तुत गरेका थिए।
सरकारले कुल बजेटको १.५ प्रतिशत प्राविधिक शिक्षा तथा तालिममा लगानी गरेको छ। प्राविधिक व्यावसायिक शिक्षा र तालिममा गरीब र कमजोर वर्गको पहुँच पुग्न सकेको छैन, छुट्याइएको बजेट पनि छरिएको र समन्वय हुन नसकेको आधारपत्रमा उल्लेख छ। अन्तराष्ट्रिय संस्थालाई आफूखुसी तालिममा लगानी गर्न छुट दिने परिपाटीले लगानी अनुसार प्रतिफल प्राप्त गर्न नसकिएको जनाइएको छ।
देशभित्र रोजगारीको अवसर अत्यन्त्र न्यून भएको र प्राविधिक तालिम नभएकै कारण प्रतिवर्ष ५ लाख युवा विदेश जान्छन्। बढ्दो वैदेशिक रोजगारीका कारण पारीवारिक बिखण्डन र सामाजिक समस्या बढिरहेको जानकारी उक्त अवसरमा दिइयो। सीप नभएकै कारण नेपाली युवा विदेशमा जोखिमपूर्ण काम गर्न बाध्य छन्। विदेश जाने ७२ प्रतिशत युवा बिनासीप विदेश जाने गरेका छन्। देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको सुधारमा निरन्तर तालिम एवं व्यवस्थापन प्रणाली अपनाउनुपर्ने बताइएको थियो।
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले प्राविधिक शिक्षा पर्याप्त मात्रामा दिन सकेमा युवा जनशक्ति केही मात्रामा भए पनि नेपालमा नै रोक्न सकिने बताइन्।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् प्रदेश कार्यालय गण्डकीका निदेर्शक भुवनेश्वर ढुंगानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गेहेन्द्र कार्की लगायत बोलेका थिए।
कार्यक्रम संचालन संयोजक विजेश बस्नेतले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१