स्टेप बाई स्टेपमा वधाई

आदर्श समाज सम्वाददाता
असार १७, २०७६
5b6d267ad5f45

पोखरा, स्टेप बाई स्टेप मावि मासबार पोखराले एक कार्यक्रम गरी २०७५ को एसइईमा सम्मिलित भई उत्तीर्ण विद्यार्थीलाई बधाई व्यक्त गरेको छ ।

संस्थापक प्राचार्य निर्मला बरालले एसइई परीक्षामा सम्मिलित सबै ७३ जना विद्यार्थी उत्कृष्ट गे्रड सहित उत्तीर्ण हुन सफल भएकोमा हार्दिक बधाइ प्रदान गर्दै उज्जवल शैक्षिक भविष्यको कामना गरिन् ।

संस्थापक निर्देशक रमाकान्त बरालले दश जोड दुई मा आफुले इच्छा गरेको र राम्रो गर्न सक्ने विषय लिई अध्ययन गर्न र आपूmले सिकेको ज्ञान र सीपलाई व्यवहारमा ल्याई आफ्नो राष्ट्रको सेवा गर्न आग्रह गरे । फिजिक्स शिक्षक एवं उपप्रध्यापक मिनराज लम्सालले यहाँ अध्ययन गरेका थुप्रै विद्यार्थीले आइओएम, इन्जिनियरिङ, कृषि विज्ञान आदिमा पूर्ण छात्रवृत्तिमा समेत नाम निकाली अध्ययन गर्न सफल भएको कुरा स्मरण गराएका थिए ।

कार्यक्रममा सह प्राचार्य दीपक गिरी,सञ्जय बराल, विमल देवकोटा, सूर्यप्रसाद लम्साल, छात्रा नीकिता गुरुङ लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width