बुटवल १३ असार । माध्यमिक शिक्षा परीक्षा एसइई नतिजामा रुपन्देहीवाट १० जना विद्यार्थीले जिपीए फोर ल्याएका छन् ।
जिल्ला शिक्षा इकाइ रुपन्देहीका उपसचिव घनश्याम भुषालका अनुसार बुटवलको एक सामुदायिक विद्यालयबाट एक जना र बाँकी नौ जना संस्थागत विद्यालयवाट नतिजा आएको हो । बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट सविना सुवेदीले जीपीए फोर प्राप्त गरेकी छिन् । उक्त विद्यालयको समग्रमा नतिजा पनि उत्कृष्ट रहेको विद्यालयले जनाएको छ । बुटवलको एक विद्यालयबाट भने सात जनाले ग्रेड प्वाइन्ट एभरेज जीपीए फोर प्राप्त गरेका छन् ।
बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट सातजनाले जिपिए फोर प्राप्त गरेका हुन् । विद्यालयका अपील चौधरी, क्षितिज डुम्रे, सोदीक्षा कुंवर, रोश्ना टण्डन, प्रवेश आचार्य, सुयल ज्ञवाली र अनुश्का श्रेष्ठले जीपीए फोर प्राप्त गरेको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिए । सो विद्यालयमा जिपीए ३.९५ ल्याउने पाच जना, जिपिए ३.९ ल्याउने नौ जना रहेका छन् ।
त्यस्तै रुपन्देहीको देवदह इङलिस बोर्डिङ स्कूलबाट एकजनाले जिपिए फोर ल्याएका छन् । सो विद्यालयका गौरव खनालले जिपिए फोर ल्याएको विद्यालयले जनाएको छ । त्यस्तै तिलोत्तमा स्थित सिद्धार्थ इङलिस बोर्डिङ स्कूलका निकिता खनालको पनि जिपिए फोर आएको छ । रुपन्देहीवाट १६ हजार २ सय ८३ जनाले परीक्षा दिएका थिए । समग्रमा रुपन्देहीको नतिजा राम्रो आएको भए पनि सामुदायिक विद्यालयको नतिजामा खासै सुधार नआएको भुषालको भनाई रहेको छ ।
Related News
सम्बन्धित समाचार
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१