राधाकृष्ण वृद्धआश्रममा भवन उद्घाटन

आदर्श समाज सम्वाददाता
असार १, २०७६
230fafa05817b9c87a034b96e4f0e9b0_Fotor

राधाकृष्ण मन्दिर वृद्वाश्रम परिसरमा निर्मित तीनकोठे भवन उद्घाटन गर्दै सांसद खगराज अधिकारी। तस्वीर : कविराज खनाल/ आदर्श समाज

राधाकृष्ण मन्दिर वृद्वाश्रम परिसरमा नवनिर्मित तीन कोठे भवनको शनिवार उद्घाटन गरिएको छ।

भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले वृद्ववृद्वा समाजका पथप्रर्दशक भएको बताए। वृद्ववृद्वालाई सहयोग गर्नु मानवीय सहयोग भएको बताए। उनले मन्दिर क्षेत्रलाई पोखरा क्षेत्रकै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पोखरा – ३२ का वडा सदस्य विष्णुप्रसाद तिवारी, नेपाली काँग्रेसका इकाइ सभापति टेकनाथ पन्थी, नेकपाका हरि लामिछाने लगायतले बोलेका थिए।

कार्यक्रममा वृद्धाश्रमलाई सहयोग गर्ने शहरि स्वास्थ्य केन्द्र पोखरा– ३२ की मिरा वस्नेत र समाजसेवी मोहनसिंह ठकुरीलाई सम्मान गरिएको थियो।

सांसद विकासकोषको १५ लाख र जनसहभागीताबाट ३ लाख गरी कुल १८ लाख रुपैयाँको लागतमा सो भवन निर्माण गरिएको हो।

वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष विश्वराज लामिछानेले स्वागत र सचिव शोभामोहन पौडेलले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width