पोखरा २७, जेठ । कास्की जिल्ला भरिका विधार्थीका लागि नेल्टा Nepal English Language Teachers Association कास्कीले माध्यामिक तहको अग्रेजी निबन्ध लेखन प्रतियोगिता शुक्रबार शीतलादेवी सामूदायिक विधालयमा सम्पन्न भएको छ ।
Effects of Media and Technology on Youth शीर्षकमा जिल्ला भरीका ५० जना विधार्थीहरुको सहभागितामा बिच भएको प्रतिष्पर्धामा सैनिक आवासीय महाविधालय फूलबारीकी छात्रा देवयानी गुरुङ प्रथम, गण्डकी बोडिङ स्कूल लामाचौरकी छात्रा तान्वी बजिमय द्धितीय, मदरल्याण्ड मा.वि मासबारकी छात्रा सुदीक्षा थापाले तृतीय स्थान र पुष्प सदन एकेडेमी फूलबारी छात्र आकाश भुजेलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
नेल्टा कास्कीका कार्यवाहक अध्यक्ष अजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेल्टा गण्डकी प्रदेश सदस्य मुकेश अधिकारी, शीतलादेवी सामूदायिक विधालयका प्र.अ. बाबुराम अधिकारी , कार्यक्रमका संयोजक एवम् नेल्टा जिल्ला सदस्य डिल्लीराम भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतिष्पर्धी विधार्थीहरु द्धारा लेखिए निबन्धहरुलाई कोडिङ गरी बिषय बिशेषज्ञहरु बाट नतिजा प्रकाशित गरिएको कार्यक्रमको स्वागत जिल्ला कोषध्यक्ष बोधराज गौतम र सञ्चालन सचिव भूमिराज पण्डितले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१