पोखरा, २७ जेठ । सन्राईज बैंक रुपा गाउँपालिकाको तीन सय घरधुरीमा खेलौ बैंक खाता अभियान संचालनमा ल्याएको छ ।
सनराईज बैंकको आयोजना, रुपा गाउँपालिका र स्कूल अफ विजनेस पोखरा विश्वविद्यालय सहकार्यमा नेपाल सरकारको “समृद्धिसँग जोडौं नाता ः सबै नेपालीको बैंक खाता” अभियानलाई सफल पार्न गाउँका तीन सय घरपरिवारमा त्यस्तो खाता खोलिएको हो ।
उक्त कार्यक्रमलाइृ प्रमुख अथिति रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा एवं विशिष्ट अथिति पोखरा विश्व विद्यालयका प्रध्यापक डा. रवीन्द्र घिमिरेले सयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले ग्रामिण क्षेत्रलाई समेत बैंकिङ सेवा सुविधा प्रदान गर्न बैंकले गाउँमा शाखा संचालन गरेको प्रति आभाव व्यक्त गरे । घर–घरमा निश्क्रिय रुपमा रहेका साना–सानो रकम वचत गर्ने बानीको विकास शाखाले गर्ने छ, ओझाले भने– घरेलु तथाकृषि, पशुपालन व्यवसायमा बैकले ऋण प्रवाह गर्दा आर्थिक सम्वृद्धिमा सहयोग पुग्ने छ ।
डा. रवीन्द्र घिमिरेले, पोखरा विश्वविद्यालयका विद्यार्थीलाई समेत ग्रामिण क्षेत्रको आर्थिक अवस्था वारेमा व्यवहारिक ज्ञान उपलब्ध हुने अवसरको रुपमा नेपाल सरकारको अभियानमा सहभागी भएको भनाई व्यक्त गरे ।
उक्त कार्यक्रममा रुपा गाउँपालिका उपाध्यक्ष लालसुभा गुरुङ्ग, कार्यालयका कार्यकारी अधिकृत विष्णु प्रसाद पोखरेल, वडा नं. २ का कार्यवाहक अध्यक्ष हीता कूमारी रुपाखेती लगायतले आफ्ना भनाई राखेका थिए ।
बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रमुख रवीन्द्र के.सी.ले बैंकले नेपाल सरकारले लिएको अभियानलाई सफल बनाउनको लागि ग्रामिण क्षेत्रमा सेवा प्रदान गर्न लागेको बताए । उक्त कार्यक्रम बैंकका देउराली शाखाका शाखा प्रमुख सुनिल ध्वज पन्तले सञ्चालन गरेका थिए भने न्यूरोड शाखाका प्रमुख नितेश रेग्मीले स्वागत मन्तब्य व्यक्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१