पोखरा, २४ जेठ । पोखराका होटल तथा रेष्टुराँमा कार्यरत सेफ तथा कर्मचारीका लागि एक दिने तालिम सम्पन्न भएको छ ।
पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कास्कीको सहकार्यमा शुक्रवार सम्पन्न तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगतबहादुर पहारीले खाद्य पदार्थ मानिसको दैनन्दित जीवनसँग सरोकार भएकाले खाद्यन्न स्वच्छ हुनुपर्नेमा जोड दिए ।
खाद्य पदार्थ गुणस्तरीय र सफा हुनुपर्नेमा पनि सबै सचेत हुनुपर्ने पहारीको भनाई थियो । अहिले थुप्रै खाद्य पदार्थमा व्यापारीले मिसावट गर्ने गरेको भन्दै अनुगमनको पाटोलाई समेत कडाईका साथ अगाडि बढाइनुपर्ने सुझाव दिए । तरकारी र फलपूmलमा अप्रत्यक्ष रुपमा केमिकल र विषादी मिसाइने गरिएको गुनासो समेत आइरहेकाले उपभोक्ता नै सचेत हुनुपर्ने बेला आएको उनको भनाई थियो ।
सो अवसरमा बोल्दै आयोजक संघका अध्यक्ष विकल तुलाचनले खाद्य स्वच्छता सम्वन्धी नीति नियम र तरिकाहरुको समेत ज्ञान हुन जरुरी भएको बताए । होटल तथा रेष्टुराँ क्षेत्रका लागि खाद्य स्वच्छता सम्बन्धी विषय झनै महत्वपूर्ण हुने ठानेर उक्त तालिम आयोजना गरिएको तुलाचनले बताए । अतः होटल र रेष्टुराँको भान्छामा काम गर्नेहरु खाद्य स्वच्छता सम्बन्धी विषयमा प्रशिक्षित हुनु जरुरी भएको भनाई तुलाचनको छ ।
वडा नम्बर ६ मा गठित खाद्य स्वच्छता समितिका संयोजक एवं संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले उक्त वडामा सो समिति कसरी गठन गरियो भन्ने बारे जानकारी गराएका थिए । प्रारम्भिक चरणमा खाद्य स्वच्छता सम्बन्धमा सचेतना फैलाएर त्यसपछि होटल तथा रेष्टुराँ क्षेत्रमा अनुगमन गर्ने योजना समितिले बनाएको पराजुलीले जानकारी गराए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कास्कीका प्रमुख प्रशान्त पोखरेलले कार्यक्रमको महत्व बुझेर तालिममा भाग लिन आएकोमा सहभागीलाई धन्यवाद दिए । खाद्य स्वच्छताको हिसावले होटल तथा रेष्टुराँको बर्गिकरण गर्ने तयारी भइरहेको जानकारी पनि उनले सो अवसरमा दिए । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीका प्रमुख शिवजी बरालको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।
खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवसको अवसरमा उक्त तालिम आयोजना गरिएको हो ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१