रोल्पा, २१ जेठ । पाँच जना छात्राको हात भाँचिदिएकी रोल्पाको रुम्टीगढी गाउँपालिका –८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार विद्यालय छुट्टी भएपछि शिक्षिका पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। विद्यार्थीलाई ‘अनुशासन सिकाउने’ निहुँमा उनले चिरपट दाउराले कुटपिट गरी हात भाचिदिएकी थिइन् ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। विद्यालयमा ढिला आएको भन्दै अनुशासन कायम राख्न आफूले विद्यार्थीलाई कारबाही गरेको शिक्षिका पुनको भनाइ छ । उनले १४ विद्यार्थीलाई कुटपिट गरेकोमा पाँच जनाको हात भाँचिएको छ।
प्रधानाध्यापक झगबहादुर भण्डारीले गत जेठ १२ गते पुनलाई निमित्त प्रअको जिम्मेवारी लक्ष्मी पुनलाई दिएर होलेरी गएका थिए। त्यहाँ प्रअहरूको दुई दिने तालिम थियो। सोही दिन पुनले ढिला आएको भन्दै विद्यार्थीलाई कुटपिट गरेकी थिइन्।
उनको कुटाइले विमला रोका,भिमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती र १शान्ता नेपालीको हात भाँचिएको छ। शिक्षिकाको कुटाइले हात भाँचिएपछि उनीहरू उपचारका लागि दाङ आएका थिए। आइतबार तुलसीपुरस्थित साहारा पोलिक्लिनिकमा उनीहरूको प्लाष्टर गरिएको सञ्चालक विष्णु शर्माले बताए।
उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाहरूको जोर्नी, नाडी, कुइनो र काँधमा चोटपटक लागेको छ। उनीहरूको हात तथा अनुहार समेत सुन्निएको छ। सबैलाई १५ दिनपछि फेरि फलोअप चेकअपका लागि डाकिएको डा.शर्माले बताए।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दीपक खड्काले शिक्षिका पुनले उक्त दिन १४ जना बालबालिकालाई कुटपिट गरेकोमध्ये पाँच जना छात्राको हात फ्र्याक्चर भएको बताए। घटनाबारे थाहा भएपछि शिक्षिकालाई पक्रन प्रहरी टोली पठाइएको छ।
‘मैले पनि खबर सार्वजनिक भएपछि मात्रै थाहा पाए र तुरुन्तै इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख तथा प्रहरी निरीक्षक मेघनाथ चौलागाईंलाई कुटपिट गर्ने शिक्षिकालाई पक्राउ गर्न आदेश दिएर पठाएको छु,’ डिएसपी खड्काले बताए ।
घाइतेमध्ये कक्षा ८ मा अध्ययनरत १४ वर्षीया गौरी घर्तीले कपाल राम्रोसँग किन नबाटेको, किन लिपिष्टिक लगाएको, गालामा कोठी किन बनाएको? भन्दै सालको काठको पटरी (चिरपट)ले शिक्षिकाले कुटेको जानकारी दिए ।
‘मैले लिपिष्टिक लगाएकै थिइनँ,कपाल पनि दुई चुल्ठी बाटेकी थिएँ,’ घर्तीले भनिन, ‘मेरो गालाको जन्मजातको कोठीलाई किन कोठी बनाइस भनेर सालको चिरपटले हान्नु भयो।’घाइते छात्रा घर्तीका अनुसार विद्यालयको बिहानी प्राथर्ना सुरू हुनुभन्दा ५ मिनेट ढिला गरी पुगेका कक्षा ८ मा अध्ययनरत भीमकुमारी बाँठा र कक्षा ६ मा अध्ययनरत निर्मला पुनलाई शिक्षिका पुनले पनि सार्वजनिक रूपमै विद्यालयको प्राङ्गणमै लाइन लगाएर चिरपटले कुटेकी थिइन्।‘कसैलाई किन ढिला आइस र कसैलाई किन कपाल राम्रो बाटिनस भनेर कुट्नु भयो,’ घाइते छात्रा गौरी घर्तीले भनिन, ‘जहाँ हाम्रो कुनै गल्ती नै थिएन।’
उक्त दिन फर्केर आउँदा विद्यालय छुट्टी भइसकेको हुँदा अर्को दिन सामूहिक रूपमा सोध्दा ‘लक्ष्मी म्याडमले ढिला आएको हुँदा सबैलाई एकरएक लठ्ठी हानेको’ बताएको प्रअ भण्डारीले बताए।वडा अध्यक्ष लगायतको रोहवरमा त्यो उपचार खर्च व्यहोर्ने गरी कुरा मिलेकोको बाहेक अन्य केही थाहा नभएको उनले बताए।
विद्यार्थीमाथि कुटपिट भएपछि वडा नं. ८ का वडा अध्यक्ष भीमबहादुर घर्तीको रोहबरमा औषधि उपचार गर्ने सहमति गरिएको थियो। अर्का अभिभावक जीतबहादुर रोकाले घटनालाई स्थानीयस्तरमै मिलाएर ढाकछोप गर्न खोजिएको आरोप लगाए।
वडा अध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा घटना सार्वजनिक हुन नदिन र स्थानीयस्तरमा मिलाउन धेरै प्रयास भए पनि त्यो सम्भव नभएपछि मात्रै घटना सार्वजनिक हुन पुगेको हो।‘सामान्य घटना हो, तपाईंहरू मिल्नु पर्छ भन्ने निरन्तर दबाब थियो। हामीले पनि त्यसमा अन्यथा मानेका थिएनौं। तर हात सञ्चो नभएपछि हामी बाध्य भयौं र मिडियाले हामीलाई थाहा पाएर पछ्याउँदै आएको हो,’ रोकाले भने।
पुनले कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थीलाई कुटेकी हुन्। कक्षा १ मा अध्ययनरत प्रेम पुन, सन्तोष बुढामगर, दीपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला बिक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्तीलगायतमाथि शिक्षिका पुनले कुटपिट गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
पिसिएममा पाइथन प्रोग्रामिङ तालिम
मर्दीखोला प्रतिष्ठानद्वारा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१