तनहुँ, १९ जेठ । मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँको रुपमा छनोट भएको तनहुँको भानु नगरपालिका–११ का कृषकहरुलाई मौरी सहित घार वितरण गरिएको छ ।
भानु–११ को बाँसखर्क, गैरागाउँ, लामस्वारा र काफलस्वाराका १५ घरधुरी कृषकलाई ६० गोला सहितको मौरी घार वितरण गरिएको हो ।
स्थानीयवासीलाई आयआर्जनमा सघाउन र गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने उद्देश्यले गण्डकी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्थानीय कृषकलाई मौरीघार वितरण गरेको मन्त्रालयका कृषि प्राविधिक बन्दना पुलामीले बताइन ।
‘पहिलो चरणनमा २३ घरधुरी स्थानीय बासिन्दालाई आधारभूत मौरीपालनको तालिम प्रदान गरेका थियौ,’ उनले भनिन, ‘तालिम पश्चात १५ घरधुरीलाई झण्डै ७ लाख रुपैयाको मौरी घार वितरण गरेका हौ ।’ कृषकहरुलाई भानु– ११ का वडा अध्यक्ष तारानरेश पौडेल र वडा सदस्य केशर बहादुर गुरुङ्गले मौरीको घार हस्तान्तरण गरेका थिए ।
मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ अन्तर्गत भानु – ११ मा ५८ घरधुरीलाई समेटेर कृषकहरुले लालीगुराँस कृषक समूह गठन गरी आवश्यकता अनुसार बाख्रापालन तथा घाँस व्यवस्थापन, प्लाष्टिक घर, थोपा सिँचाइ, मलचिङ प्रविधिको तरकारी खेती, फलफूल खेती, बृक्षारोपण कार्यक्रम, डस्टबिन वितरण कार्यक्रम सहित अभियानलाई तिब्रता दिएको वडा अध्यक्ष पौडेलले बताए ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१