पर्वत, १७ जेठ । दक्षिण पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन ।
विहादी गाउँपालिकाकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका जिल्लाको पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती गरेको स्वीकार गरेको हुवास इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिए ।
घटनापछि भाग्दै गरेका उनलाई इलाका प्रहरी कार्यालयको टोलीले राति ८ बजे उरामबाट पक्राउ गरिएको र पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि पोखराको गण्डकी अञ्चल अस्पतालमा पठाइएको छ । पक्राउ परेका सुरजलाई अनुसन्धानका लागि सदरमुकामतर्फ ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख स्यामु अर्यालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१