रकम उठाएर कमैया बस्तीमा विद्यालय

रासस
जेठ १७, २०७६
Portfolio+2012_PortraitureWEBjpegs-1

लम्की, १७ जेठ । कैलालीका १३ युवाले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीको लम्कीचुहास्थित मुक्त कमैया बस्तीमा विद्यालय भवन निर्माण गरेका छन ।

क्रिएटिभ नेपालमा आबद्ध युवाहरुले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययनगृहको पक्की भवन निर्माण गरेका हुन ।

युवाहरुले एक वर्षमा भवन निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छन । युवाले बडघर मैटुराम चौधरीको संयोजकत्वमा गठित पाँच सदस्यीय सञ्चालक समितिलाई भवन हस्तान्तरण गरेका छन । सो भवनमा कार्यालय, पुस्तकालय र १०० जना अट्ने हल छ । सरस्वती मन्दिर भने हाल अमेरिकामा बस्दै आएका मदनराज कठायतले रु एक लाखको लागतमा आमाको सम्झनामा निर्माण गरेका हुन् ।

क्रिएटिभ नेपालका अध्यक्ष जनक सुनारका अनुसार विद्यालय भवन निर्माणमा मात्रै रु ११ लाखभन्दा बढी रकम खर्च भएको छ । स्थानीयवासीले रु छ लाख बराबरको जनश्रमदान गरेका छन । उनले विद्यालय भवन निर्माणका लागि रु ११ लाख १२ हजार सहयोग सङ्कलन भएको बताए । “त्यो सबै रकम सामाजिक सञ्जाल फेसबुकमार्फत सङ्कलन गरिएको हो ।” अध्यक्ष सुनारले भने ‘‘हामीले स्थानीय सुदामा चौधरीले मुक्त कमैया बस्तीका बालबालिकालाई रुखमुनि राखेर पढाइरहेको देख्यौँ । सुदामाले प्रतिविद्यार्थी एक रुपैयाँ शुल्क लिएर बालबालिकालाई अतिरिक्त शिक्षा प्रदान गर्दै आएका थियो ।”

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै