ज्येष्ठ नागरिक भवनलाई जग्गादान

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७६
lamjung land_Fotor

जग्गादाता श्रेष्ठ र ज्येष्ठ नागरिक संघ चिती उपाशाखाका अध्यक्ष तिवारी।

वेशीशहर नगरपालिका–११, चितीमा ज्येष्ठ नागरिक भवन निर्माण गरिने भएको छ। वडाको तल्लो हटिया गाउँ निवासी हर्कमान श्रेष्ठले घडेरी दानमा गरेपछि भवन निर्माण सुनिश्चित भएको हो। लमजुङमै पहिलो पटक ज्येष्ठ नागरिकका लागि भवन निर्माण थालिएको हो।

ज्येष्ठ नागरिक संघ उपशाखा चितीका अध्यक्ष एवम् स्वतन्त्र पत्रकार संघ नेपालका सल्लाहकार रुद्रनिधि तिवारीको विशेष पहलमा सो भवन निर्माण हुन लागेको हो।

तिवारीकै पहलमा तल्लो हटियाका हर्कमान श्रेष्ठले भवन निर्माणका लागि किनं १३७५ को ३ आना ३ दाम ३ पैसाको घडेरी दान गरेका हुन्। भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट ८ लाख रूपैयाँ प्राप्त भएको तिवारीले जानकारी दिए। उनका अनुसार सो भवनमा १ कोठामा संघको कार्यालय सञ्चालन गर्ने, अकोर्मा स्टोर र करिब १ सय जना अट्ने क्षमताको हल बनाउने लक्ष्य छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै