बढ्दो सहरीकरणसँगै खुला ठाउँ अभाव भइरहेको बेला पोखरा महानगरपालिकाले नागरिकलाई स्वस्थ बनाउन खुला व्यायामशाला निर्माण गरेको छ।
वडा २९ स्थित भण्डारढिक खेलमैदानमा निर्मित पोखराकै पहिलो सो खुला व्यायामशाला महानगर प्रमुख मानबहादुर जिसीले विहीवार उद्घाटन गरे।
जिसीले स्वस्थ्य नागरिक निर्माणको लागि महानगरले खुला व्यायाशालाको अवधारण अगाडि बढाएको बताए। उनले यस्ता व्यायामशाला टोल–टोलमा हुनुपर्ने भन्दै टोल विकास संस्थासँग महानगरले सहकार्य गरेर व्यायामशाला निर्माण गर्न सहयोग गर्ने समेत बताए। उक्त स्थानमा एक सेट व्यायाम राखिएको छ भने एकैपटकमा १४ जनाले व्यायाम गर्न मिल्नेछ। उक्त सामग्री खरिद गर्न महानगरले २ लाख खचेर्को जनाएको छ।
यस्तै, पोखरा ६ बैदामस्थित तालबाराही विद्यालय नजिकैको छेउको पार्कमा केही दिनमै एक सेट व्यायाम सामग्री राखिने छ। व्यायामशालामा निःशुल्क व्यायाम गर्न सकिनेछ। भण्डारढिक रंगशालाको व्यवस्थापन र सञ्चालन गर्दै आएको आदर्श क्लबले नै व्यायामशालाको व्यवस्थापन गर्ने क्लब अध्यक्ष लक्ष्मण भण्डारीले बताए।
उता, पोखरा १८, जामुनबोट खुला व्यायामशाला निर्माणका लागि टेन्डरमार्फत निर्माण कम्पनीसँग सम्झौता समेत भइसकेको छ। खुला व्यायामशालाको प्रकृति एउटै हुने महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।
जामुनबोटस्थित सार्वजनिक जग्गामा बन्ने उक्त व्यायामशालाको निर्माण ठेक्का पोखराकै मोनालिसा निर्माण सेवाले पाएको छ। कम्पनीले ४५ लाख २ हजारमा निर्माणको ठेक्का पारेको हो। १ सय ४५ फिट लम्बाइ र ८२ फिट चौडाइमा व्यायामशालाका लागि फाउन्डेसन तयार हुने महानगरका सहरी पूर्वाधार महाशाखाका इ राजु रेग्मीले जानकारी दिए।
यस्तै, पोखरा ३१, बेगनासताल नजिकै निर्माण गर्ने व्यायामशालाका लागि ठेक्का सम्झौता भएको छ।
उक्त व्यायामशाला ४९ लाख ५९ हजारमा निर्माण हुने जनाइएको छ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१