बागलुङ, २७ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाललाई हिन्दुराज्य बनाउनु पर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियन बागलुङद्वारा शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने– नेपाललाई अब हिन्दु राज्य बनाउनु पर्छ भन्ने पक्षमा म छु । आफ्नो कांग्रेसको आउदो महाधिवेशनले हिन्दु राष्ट्रको मुद्दालाई अघि वढाउने विश्वास उनले व्यक्त गरे ।
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले देश र जनताको लागि सधै लड्ने बताए । वि.स. २००७ साल २०४६ सालको आन्दोलन, १० बर्षीय माओवादी जनयुद्वलाई शान्तिपूर्ण तरिकाले अवतरण गराउन काँग्रेस नै सफल भयो, उनले भने– नयाँ संविधान निर्माण निर्माणमा पनि काँग्रेसले प्रमुख भूमिका खेल्यो ।
नेपाली कांग्रेसले शुरु गरेको जागरण अभियानको मुख्य उदेश्य पार्टी सुदृढीकरण र सरकारले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्ने रहेको उनले बताए । मुलुकमा नेकपाको दुई तिहाइको सरकार छ, तर यसले देश र जनताको लागि केही गर्न नसकेको आरोप भण्डारीको थिए ।
नेपाली कांग्रेस जागरण अभियान बागलुङ संयोजक समेत रहेका भण्डारीले एनसेल प्रकरणबाट राजस्व छलि भएको छ यसबारे छानबिन गरेर कर लिनुपर्ने भण्डारीले बताए । नागरिकता प्रकरण पछि मधेसमा लाइनमा राखेर नागरिकता दिने काम गलत हो तर गृहमन्त्रीको ठाडो निर्देशनमा नागरिकता दिने काम भएको समेत भण्डारीले बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापति दीपेन्द्र बहादुर थापाले बागलुङ जिल्लाका १० वटै स्थानीय तहमा एक महिने जागरण अभियान बारे जानकारी गराएका थिए । पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१