गुप्तेश्वर गुफामा आरती शुरु

एजेन्सी
वैशाख २६, २०७६
gupteshwor_Fotor

पोखरा, २५ वैशाख। पोखरा– १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा सञ्चालन गरिएको छ। ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको सो गुफामा विश्वशान्तिको कामना सहित पारिवारीक सुखशान्ति, पितृउद्धार लगायतका विविध लक्ष्यका साथ आरती सेवा शुरु भएको हो। सो सेवा प्रत्येक हप्ताको सोमवार साँझ १ घण्टा चल्नेछ।

तीन जना गुरुद्वारा शुद्ध गाईको ध्यू, कपुर, जोती लगायत पूजा सामग्री माध्यमबाट गरिने आरती विशेषगरी शिव, विष्णु भगवान् तथा दुर्गादेवी मन्त्र वाचनद्वारा समर्पण गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए।

अक्षतृतीयको अवसर पारेर शुरु आरतीको वडाध्यक्ष तीर्थराज अधिकारीले शुभारम्भ गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा आरतीले थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

२०५१ सालदेखि सञ्चालनमा आएको गुप्तेश्वर गुफामा वार्षिक पाँच लाखको हाराहारीमा आन्तरिक र बाह्रय पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेको कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिए।

उनका अनुसार टिकट बिक्रीबाट वार्षिक तीन करोड भन्दा बढी आम्दानी गर्दै आएको गुफाले आरती सञ्चालनसंगै धार्मिक पर्यटकको संख्यामा वृद्धि हुने विश्वास लिइएको छ।

नेपालको पशुपतिनाथ, भारतको काशीमा लामो समयदेखि निरन्तर आरती सेवा सञ्चालन भए पनि पछिल्लो समय जनकपुरधाम, देवघाट, तालबाराही, सदा शिव हरिहर मन्दिरहुँदै गुप्तेश्वर गुफामा आरती शुरु गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width