नवलपरासी, २५ बैशाख । नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुरमा लोकल कुखुरामा बर्डफ्लु भेटिएको छ ।
मध्यविन्दु नगरपालिका २ नन्दपुरका पिताम्बर महतोको घर बर्डफ्लु भेटिएको मध्यविन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा. श्याम कृष्ण तिवारीले बताए ।
डा. तिवारीका अनुसार पिताम्बर महतोको घर लोकल कुखुरा धमाधम मर्न थाले पछि उनले परीक्षणका लागि कुखुरा चितवनको राष्ट्रिय पंक्षि ल्यापमा लगेका थिए । त्यहाँ बर्डफ्लु भएको पुष्टि भएपछि थप परीक्षणको लागि काठमाडौंमा रहेको केन्द्रिय ल्यापमा लगेपछि कुखुरा नष्ट गरिएको हो ।
डा. तिवारीका अनुसारका पिताम्बर महताको घरलाई केन्द्र विन्दु मानेर तिनको दायाँबायाँका १२ घरमा रहेका १ सय ८१ वटा हाँस, ६५ वटा स्थानीय कुखुरा, ७८ अण्डा, ३४ किलो दाना, साढे चार किलो कुखुराको सुली सुरक्षित तरिकाले नष्ट गरिएको छ । नष्ट गरिएको पंक्षि र पंक्षिजन्य वस्तुलाई खाडल खनेर पुरिएको उनले बताए ।
गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी व्यवस्था मन्त्रालयको टोली, गण्डकी प्रदेशकै पशुपंक्षि विकास निर्देशानलय, पोखराको पशु पंक्षि रोग अन्वेशण प्रयोगशाला, मध्यविन्दु नगरपालिकाको पशु सेवा शाखाका डा. तथा प्राविधिकहरुको टोलीले कुखुरा, हाँस लगायतका पंक्षि नष्ट गरेको हो ।
बर्ड फ्लु भेटिएका आसपासका क्षेत्रमा बर्डफ्लु भए नभएको पत्ता लगाउनका लागि निजका अन्य घर तथा गाउँबाट जिउँदा कुखुरा तथा हाँसहरुको नमुना संकलन गरि परीक्षणका लागि पठाएको डा. तिवारीले बताए । नेपालमै पहिलो पटक केही दिन अगाडि बर्डफ्लुका कारण एक जना मानिसको निधन समेत भएको छ ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१