पोखरा, २३ वैशाख। गुणस्तरीय र प्रतिष्पर्धी सामान उत्पादनको लागि उर्जाको बचत, सुरक्षित कार्यस्थल निर्माण तथा कम सामान खेर जाने अवस्था सृजना गर्नुपर्नेमा उद्योगी व्यवसायी सहमत भएका छन्।
उत्पादन क्रममा उद्योगबाट खेर जाने सामानको न्यूनिकरण, स्रोत र साधनको उचित व्यवस्थापनसँगै स्वच्छ उत्पादन एवं भवन तथा निर्माणसम्बन्धी धातुजन्य उत्पादन साधन र दक्ष आपूर्ति श्रृंखलाबारे जानकारी दिन आयोजित कार्यक्रममा सहभागिता जनाउँदै उनीहरु सो विषयमा सहमत भएका हुन्।
वातावरण तथा आर्थिक विकास समाज ( सिड नेपाल) र पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सोमबार आयोजित कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले अहिले उद्योगी व्यवसायीहरुमा लगानी वातावरण बचाउँदै लगानी गर्नुपर्ने आवश्यकता रहेको औंल्याए। उद्योग/प्रतिष्ठानहरुले कम लगानीमा धेरै प्रतिफल लिन र आफ्नो उत्पादनको प्रतिष्पर्धी क्षमता बढाउन कार्यस्थल सुधार, दक्षतामा बृद्धि र चुहावट रोक्नुपर्ने उनको भनाइ थियो।
सिडका कार्यकारी निर्देशक अमरबहादुर मानन्धरले जोखिम न्यूनिकरण र स्वास्थ्यमा ध्यान दिनाले उद्योगहरुले स्वच्छ उत्पादन गर्न सक्ने बताए। उनले ठोस, तरल, वायु प्रदुषण, व्यवसायजन्य रोग, दुर्घटनाको जोखिमबारे उद्योगीहरु सचेत बन्नुपर्ने बताए। उनले कास्कीमा ८ वटा उद्योगहरुले मेटाब्युल्ड परियोजनासँग सहकार्य गर्दै आएको र सहकार्यबाट ती उद्योगहरुले उर्जा वचतसहित प्रतिष्पर्धी क्षमता विकास गरेको दाबी गरे।
कार्यक्रममा उद्योगमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यवस्था र उर्जाबारे कार्यपत्र प्रस्तुत गर्दै सिडका गोविन्द तिवारीले नेपालमा कार्यक्षेत्र असुरक्षित हुँदा वार्षिक कति कामदारले ज्यान गुमाउँछन् भन्ने आधिकारिक तथ्याङ्क नभए पनि हजारौँ घाइते र मर्नेको संख्या ठूलो रहेको बताए।
अर्का श्रोतव्यक्ति दुर्गाबहादुर कारञ्जितले फोहर सफा गरेरमात्र कार्य क्षेत्र वा ठाउँ सफा राख्न नसकिने बताउँदै त्यसको लगि फोहर नै नगर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड थिए। उनले गृह सम्भार, प्रक्रियामा सुधार र उर्जाको पुनप्रयोगबाट ३० प्रतिशत उर्जा बचत गर्न सकिने धारणा राखे।
पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले उर्जाको चुहावट रोक्दै कामदारको क्षमता अभिवृद्धिमा लाग्न उद्योगी व्यवसायीहरुसँग आग्रह गरे।
पोखरा महानगरपालिका वातावरण शाखा प्रमुख कल्पना बरालले फोहर व्यवस्थापन गर्ने जिम्मेवारी नगरवासीको पनि भएको बताउँदै फोहरको वर्गीकरण र व्यवस्थापन गर्न नगरबासीसँग आग्रह गरिन्। औद्योगिक क्षेत्र उद्योग संघ अध्यक्ष बलभद्र नकर्मीले पोखरा औद्योगिक क्षेत्रका उद्योगहरु वातवरण संरक्षणप्रति संवेदनशील भएको बताउँदै अझ थप सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पोखरा महानगरपालिकाका इञ्जिनियर निर्मलमान सिंह भण्डारी, पञ्चकन्या मेटलका कार्यकारी निर्देशक दीपेन्द्र बस्ताकोटी, चद्रोदय मेटलका रामजी ज्ञवाली, संघका पूर्व कार्यसमिति सदस्य सीता गुरुङले उत्पादनको क्रममा खेर जाने सामानको सदुपयोगले लागत कम भएको बताए।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१