दिगो बिकास लक्ष्य शिक्षा बाड्दै

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७६
education

पोखरा, २१ बैशाख । संयुक्त राष्ट्र संघको २०१५को राष्ट्र संघीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर लागु भएको दिगो विकास लक्ष्य सम्बन्धि शिक्षा प्रदान कार्यक्रम पोखरामा एस.डी.जी .नेटवर्क नेपालको आयोजना सम्पन्न भएको छ।

सो कार्यक्रमको संयोजन माछापुच्छ्रे महिला क्लबले गरेको थियो। २०३० सम्म सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि १७ लक्ष्य ल्याईएको थियो।

दिगो बिकास लक्ष्य शिक्षाको सहजीकरण एस।डी।जी नेटवर्क नेपालका संस्थापक सम्राट गुरुङले गर्नु भएको थियो। सो कार्यक्रम माछापुच्छ्रे महिला क्लबका सचिव संगिता शर्माको अध्यक्ष्तामा भएको थियो। कार्यक्रममा विधार्थीहरु आयुष सापकोटा, जेसिका गुरुङ, प्रसिद्ध शर्मा , गरिमा श्रेष्ठ, शिक्षा पोख्रेल, अर्पण पौडेल र अमृत गुरुङले प्रस्तुतिकरण पनि गरेका थिए।

कार्यक्रममा रत्नजोती, मदरल्याण्ड, एस.ओ.एस गण्डकी, सेन्ट मेरिज र फिस्टेल एकेडेमीका विधार्थीहरुको सहभागीता रहेको थियो।

सो कार्यक्रममा माछापुच्छ्रे महिला क्लबका सदस्य सावित्री शर्माले एड।डि।जी क्लबलाई समन्वयको निम्ति धन्यवाद व्यक्त गर्नु भएको थियो भने सहकर्ता सम्राट गुरुङले आगामी दिनमा पनि नेटवर्कको साथसहयोग हुने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width