काठमाण्डौ, २० वैशाख । बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालवीच एकता हुने भएको छ ।
ती दुई पार्टीले यही वैशाख २३ गते एकता गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन । संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीका पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहने बताइएको छ ।
प्रदेश तथा जिल्ला स्तरमा पार्टी एकताको प्रस्ताव फोरमले नयाँ शक्तिलाई दिएको थियो, त्यसमा नयाँ शक्तिले संशोधन गरेर फर्काएको छ । पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसमा अगाडि नेपाल थप्ने विकल्प पनि दिइएको एक सदस्यले बताए । ‘हाम्रो स्तरमा छलफल टुंगिएको छ, भोलि शीर्ष नेताहरु बसेपछि एकता प्रक्रियाबारे टुंगो लाग्छ’ नयाँ शक्तिका एक नेताले भने ।
१६ सदस्यीय भएको फोरम संघीय सरकारमा छ भने एक सिट भएको नयाँ शक्ति प्रतिपक्षमा छ । एकताबारे भइरहेको छलफलमा नयाँ शक्तिले संघीय पार्टी सरकार छाडेर प्रतिपक्षमा बस्नुपर्ने शर्त राखेको छ ।
फोरमका नेताहरुले भने पार्टी एकता गरेपछि सरकारबारे निर्णय लिने बताएका छन् । उसो त केही दिनअघि संसदको बजेट अधिवेशनको पहिलो दिन फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन गर्ने सहमति कार्यान्वयन नभए सरकार छाड्ने बताएका थिए ।
तर, नयाँ शक्तिका नेताहरु एकतापछि सरकार छाड्ने प्रस्तावमा सहमत देखिएका छैनन एक नेता भन्छन ‘हतारमा पार्टी एकता गरेर भोलि विवाद गर्नुभन्दा सबै विषय टुंग्याएर जान चाहन्छौं ।’
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१