मृगौलापीडित पुनलाई आर्थिक सहयोग

एजेन्सी
वैशाख १९, २०७६
help (1)_Fotor

पोखरा, १८ वैशाख। दुवै मृगौलामा समस्या आई उपचार गरिरहेकी पोखरा–३३ स्थित सरस्वती टीका मावि कक्षा ७ की छात्रा कल्पना पुनलाई विद्यालयतर्फबाट आर्थिक सहयोग गरिएको छ।

विद्यालयका शिक्षक तथा विद्यार्थीको सहयोगमा संकलित २८ हजार रुपैयाँ सहयोग रकम विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले र सहायक प्रधानाध्यापक श्रीधर आचार्यले पुन उपचारत गण्डकी अस्पतालमा नै पुगी उनका बुबा वीरबहादुरलाई हस्तान्तरण गरेका हुन्।

बाह्र वर्षकै कलिलो उमेरमा कल्पनाका दुवै मृगौलामा समस्या आएपछि यतिखेर उनका बाबु वीरबहादुर यतिखेर ठूलो चिन्तामा छन्। कल्पनाको पोखरास्थित गण्डकी हस्पिटलको मेडिकलमा उपचार भइरहेको छ।

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट स्थायी बसेवास भई हाल पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङ बसी दैनिक मजदुरीबाट जीवनयापन गर्दै आएका वीरबहादुर र उनकी श्रीमती सीतालाई यतिखेर छोरीको उपचार कसरी गर्ने हो भन्ने चिन्ताले सताइरहेको छ।

“छोरीको उपचारमा अहिलेसम्म १० लाख रुपैयाँ जति खर्च लागिसक्यो, यही पनि ऋण धन तथा आफन्तको सहयोगबाट गरेका हौं, ” उनले भने, “खै डाक्टरले सम्पूर्ण उपचार गर्न अझै २५ लाख रुपैयाँ बढी लाग्ने भनेका छन्, उपचार खर्च कसरी जुटाउने हो हामी निकै अन्यौलमा छौं। ”

डाक्टरले आफन्तबाट नै मृगौला प्रत्यारोपण गर्न पाएमा भने केही खर्च कम लाग्ने भनेको उनले सुनाए।

सहयोग पाए छोरीलाई बचाउन सकिने आशा रहेको बताउँदै वीरबहादुरले सहयोग दातालाई आफ्नो मोवाइल नं ९८२५१४२१२० मा सम्पर्क गरेर वा मुक्तिनाथ विकास बैंकको ००५२१६००३६५१९००००००१ नं खातामा सहयोग गरिदिन अनुरोध गरेका छन्।

उनका दुई दिदी र एक भाइ सोही विद्यालयमा नै पढ्छन्।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width