माछापुच्छ्रे महिला क्लबले सजायो सडक डिभाइडर

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७६
machhha 2_Fotor

कार्यक्रममा सहभागी पोखरा ७ का वडा अध्यक्ष रामचन्द्र बराललगायत।

पोखरा, १६ वैशाख। माछापुच्छ्रे महिला क्लब पोखरा–७ ले सडकको डिभाइडरमा विभिन्न जातका विरुवा रोपेको छ।

मुस्ताङचोक–राष्ट्रबैंकचोक सडकखण्डको पर्यटन बसपार्क नजिक डिभाइडरमा क्लबले आइतबार विभिन्न जातका १ सय ६५ बिरुवा रोपेको हो।

क्लब अध्यक्ष गीताकुमारी पौडेलले सयपत्री ६५, धुपी १५ र जिनिया ८५ वटा गरी १ सय ६५ बिरुवा रोपेको जानकारी दिइन्।

कार्यक्रममा पोखरा ७ का वडा अध्यक्ष रामचन्द्र बरालले पर्यटक बसबाट ओर्लनेहरूको स्वागतमा बिरुवा रोप्नु राम्रो कार्य भएको बताए।

क्लब अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव संगीता खनालले गरेकी थिइन्। क्लबले प्रत्येक महिनाको पहिलो शुक्रबार टोल सरसफाइ गर्नुका साथै प्रत्येक साताको शनिबार पोखरा बृहत् सफाइ अभियानमा सरिक हुँदै आएको जनाएको छ। साथै प्रत्येक शनिबार दिउँसो टोलका बालबालिका जम्मा गरी वातावरण, नैतिक शिक्षा र उद्घोषणबारे सिकाउने गरेको छ।

क्लबको कार्यको प्रशंसा गर्दै पोखरा सडक डिभिजन कार्यालयका प्रमुख हरिकुमार पोखरेलले अन्य डिभाइटरमा पनि यस्तै बिरुवा रोपे नगद सहयेाग गर्ने आश्वासन दिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width