धादिङ, १७ वैशाख । कर्तव्य ज्यान मुद्दामा फरार रहेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले १२ वर्षपछि पक्राउ गरी अदालतमा बुझाएको छ । उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–२ कामीगाउँका २७ वर्षीय देवबहादुर विकलाई देउसी खेल्न जान नमानेको आरोपमा कुटपिट गरी विसं २०६३ कात्तिक ७ गते सोही ठाउँका आठ जनाले हत्या गरेका थिए । हत्यापछि शवसमेत गुपचुप राख्न जलाइएको थियो ।
घटनापछि मृतकका भाइ गमबहादुर विकले ४० वर्षीय सार्की विक, ५९ वर्षीय बमबहादुर विक, ३४ वर्षीय हेमडल्ला विक, ४५ वर्षीय पूर्णबहादुर विक, ३१ वर्षीय मङ्गले कामी, अमृता विक र पञ्चमाया विकविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीको लामो अनुसन्धानपछि जिल््ला अदालत धादिङले विसं २०७४ मङ्सिर १९ गते अमृता र पञ्चमायालाई सफाइ दिएको र बाँकी सबैलाई कैद गर्ने फैसला गरेको थियो । फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार बैद्वारले सोमबार जिल््ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।
घटनापछि संलग्न आठमध्ये फरार रहेका तीन जनालाई वैशाख ११ र १५ गते प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वैशाख ११ गते काठमाडौँको गौशलाबाट ४० वर्षीय सार्की विकलाई पक्राउ गरिएको थियो । उनलाई दुई वर्ष कैद तोकिएकाले जिल्ला अदालत पेश गरी कारागार पठाइएको छ । त्यस्तै आइतबार दुईलाई पक्राउ गरिएको छ । रुबिभ्याली गाउँपालिका–२ निवासी ५९ वर्षीय बमहादुर विकलाई तिप्लिङको कामीगाउँबाट पक्राउ गरिएको छ भने सोही ठाउँका ३४ वर्षीय हेमडल्ला विकलाई रसुवाको आमा छोदुङमो गाउँपालिका–५ प्राजुङबाट पक्राउ गरिएको छ । बमबहादुर र डल्ला दुवैलाई २० वर्ष कैद तोकिएको छ ।
घटनामा संलग्न गाउँपालिका–२ बस्ने ४५ वर्षीय पूर्णबहादुर विकलाई विसं २०६४ भदौ ११ गते नै पक्राउ गरिएको थियो । उनलाई पुर्पक्षमा १० वर्ष कैद जरिवाना तोकिएको थियो । त्यस्तै सोही ठाउँका ३१ वर्षीय मङ्गले कामी भन्ने डिलबहादुर विक विसं २०७३ जेठ ३ गते पक्राउ परेका थिए । उनलाई दुई वर्ष कैद तोकिएको थियो ।
अर्का आरोपी रुबिभ्यालीकै २८ वर्षीय कालु विकलाई २० वर्षको कैद तोकिएकामा उनको दुई वर्ष अगाडि नै मृत्यु भएको परिवारले प्रहरीलाई जानकारी दिएको छ । उनको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१