५४ युनिट रगत संकलन

एजेन्सी
वैशाख १५, २०७६
armala_Fotor

पोखरा, १४ वैशाख। नेपाल रेडक्रस सोसाइटी पोखरा–१६ उपशाखाले अर्मलामा खुला रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा ५४ युनिट रगत संकलन भयो।

रिभर डेल बोर्डिङ स्कूलको व्यवस्थापनमा भएको कार्यक्रममा जिल्ला रेडक्रस कास्कीका अध्यक्ष डोलराज पाण्डेको प्रमुख आतिथ्यता थियो।

रेडक्रस उपशाखा १६ का उपसभापति कमल शर्माको संयोजकत्वमा आयोजित कार्यक्रममा कुलप्रसाद भट्टराई, सचिव तारा अधिकारी, रिभर डेल स्कूलका प्राचार्य विजय गुरुङले बोलेकी थिइन्। कार्यक्रममा ३८ पटक रक्तदान गर्ने रामबहादुर वानियाँ र राजेन्द्र कार्की, ३६ पटक रक्तदान गर्ने खिमलाल अधिकारी र ज्ञानबहादुर कार्कीलाई सम्मान प्रदान गरिएको संयोजक कमल शर्माले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width