राइजिङ स्टार युथ क्लबको लागुऔषधविरुद्ध अभियान

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७६
riging star clup_Fotor

राइजिङ स्टार युथ क्लबको लागु औषधविरुद्ध अभियानका सहभागीहरु। तस्वीर : भीमपाणि बराल /आदर्श समाज

लेखनाथ, ११ वैशाख। राइजिङ स्टार युथ क्लब, पोखरा–२७, रिठेपानीले विकृति–विसंगति नियन्त्रणअन्तर्गत गाँजा फडानी अभियान तीव्र पारेको छ।

कहिले चोक, कहिले वस्ती, कहिले सार्वजनिक स्थल त कहिले अस्पताल परिसरसम्म पुगेर सरसफाइबारे जनचेतना फैलाउँदै आएको क्लबले बुधवार रिठेपानी क्षेत्रको कुमाल गाउँमा रहेको गाँजा फडानी गरेको हो।

क्लबका पदाधिकारी, स्थानीय आमा समूह र स्थानीयको उल्लेख्य सहभागिता रहेको टोलीले सो क्षेत्रमा भएको गाँजा फडानी गरी लागु औषध नियन्त्रणको अभियान अगाडि बढाएको क्लबका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै