पोखरा, ८ बैशाख । नेपाली काँग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेतृत्व गर्ने व्यक्तिको अभाव र पुरानै मानशिकताकै कारण काँग्रेस कमजोर भएको बताएकी छन् ।
प्रेस युनियन कास्कीद्वारा आइतवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै नेता कोइरालाले भनिन् –पार्टी नेतृत्व पुरानै मानशिकता भएका व्यक्तिको हातमा रहेसम्म काँग्रेस वलियो हुन सक्दैन ।
पार्टीलाई बलियो र एक ठिक्का पार्न आउदो १४ औं राष्ट्रिय महाधिवेशनबाट जुझारु र युवा नेतृत्व ल्याउन जरुरी छ, चालीस बर्षदेखि एउटा अनुहार भएका नेतालेको मानशिकताले पार्टीका युवापुस्तालाई समेटेर लान सक्दैन, उनले भनिन् –युवालाई केन्द्रविन्दुमा राखेर पार्टीले आफ्नो नीति तथा कार्यक्रम बनाउन जरुरी छ ।
अब नेता हेर्ने हैन, पार्टीलाई वलियो वनाएर अगाडि वढाउन सक्ने नेतृत्वको खाँचो छ नेता भन्दा पनि पार्टीलाई केन्द्रबिन्दुमा राखेर अगाडि वढ्न जरुरी छ, उनले भनिन्–यतिवेला नेपाली काँग्रेस निकै कमजोर अवस्थामा छ, काँग्रेसले प्रतिपक्षको भूमिका खेल्न पनि सकेको छैन, यही अवस्था रहने हो भने अर्को निर्वाचनमा कााग्रेसले देशैभरीवाट दश सीट पनि जित्न सक्दैन ।
दश महिनापछि हुने काँग्रेसको महाधिवेशनले युवा नेतृत्व छान्नु पर्छ, काँग्रेसको विचार राम्रो छ, तर पार्टी किन कमजोर भयो ? पार्टीभित्र देखिएका गुट उपगुट हटाएर पार्टीलाई पूर्ववत रुपमा नै अगाडि वढाउन जरुरी छ ।, उनले भनिन् –काँग्रेसले नै देशमा विकासको जग बसालेको हो ।
वीपीको विचार र गिरीजाबाबुको कार्यशैलीले नै पार्टी वलियो वनेको थियो, गिरीजाको मृत्यु पछि काँग्रेस तहसनहस भएको छ,उनले भनिन् – द्वन्द्वरत पक्षलाई समेत गिरीजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा ल्याई देशमा राजनीतिक स्थिरता दिनूभएको थियो ।
वर्तमान सरकारको बारेमा वोल्दै नेतृ कोइरालाले नेकपाको सरकार एकलौटी रुपमा अगाडि वढेको छ, यसरी एकलौटी रुपमा अगाडि वढ्दा सरकार सफल हुदैन, पछिल्लो समय विप्लव समूहले देशमा राजनीतिक अस्थिरताको अवस्था सृजना गरेका छन्, उनीहरुलाई वार्ता र छलफलको माध्यमवाट मूल राजनीतिक धारमा ल्याउन जरुरी छ, उनीहरुलाई वार्तामा ल्याउन काँग्रेसले पनि आफ्ना तर्फवाटे भूमिका खेल्न जरुरी छ ।
वर्तमान सरकार सहमति र सहकार्यवाट नै विकास र समृद्धितर्फ अगाडि वढ्नु जरुरी छ, आफै मात्र एक्लै अगाडि वढ्छु भन्नु गलत हो, विकासका ठूला–ठूला योजना अगाडि सार्दा एक्लै सफल भइदैन, एक बर्षे छोटो समयमा सफल नहुन स्वभाविक हो, अवका दिनका केपी नेतृत्वको सरकारले विकासका काम अगाडि वढाउन जरुरी छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१