गण्डकीलाई आइटीएफ तेक्वान्दोबाट ३ रजत

नारायण शाही
वैशाख ८, २०७६
ITF Taequando_Fotor

आइटीएफमा पदक विजेता बसन्ती थापा, स्नेहा तामाङ, मसिना तामाङ, सुस्मिता थापा, सृजना थापा र अनुष्का बुढामगर।

नेपालगञ्ज, ७ वैशाख। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले विभिन्न खेलमा उत्साहजनक प्रदर्शन गरेको छ। गण्डकीले शनिबार आइटीएफ तेक्वान्दोबाट ३ रजत हात पार्न सफल भयो।

नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको सो प्रतियोगितामा सुस्मिता थापा, वसन्ती थापा र समूह महिलातर्फ दोश्रो हुँदै रजत पदक हात पारेको सहायक प्रशिक्षक प्रतीक घर्तीमगरले बताए। टिममा स्नेहा मसिना तामाङ तामाङ, सुस्मिता थापा, सृजना थापा र अनुष्का बुढा थिए।

क्षेत्रीय खेलकुद विकास समिति, पोखरा अध्यक्ष सम्पन्न श्रेष्ठले गण्डकी प्रदेशका खेलाडीले विभिन्न खेलमा उत्साहजनक प्रदर्शन गरेको बताए।

नेपालगञ्ज रंगशाला परिसरमा सुटिङ र उसुको खेल जारी छ। शनिबार सुटिङतर्फ महिला तथा पुरुषको एअर–राइफल र एअर–पेस्तोलको पहिलो चरणको खेल भएको ओलम्पियन भगवती केसीले बताइन्।

उनका अनुसार महिला पुरुषका ८ जना खेलाडीहरु प्रतियोगितामा सहभागी छन्। त्यसैगरी, गण्डकी प्रदेशबाट उसुतर्फ थाउलो र सानसौ गरी महिला तथा पुरुषका २२ जना खेलाडीहरु सहभागी भएको प्रशिक्षक दिलबहादुर किसानले बताए। शनिबार क्वाटरफाइनलका खेलहरु भए।

त्यसैगरी, नेपाल प्रहरीको तालिम केन्द्रमा भएको आर्चरीमा कास्कीका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन्। उक्त प्रतियोगितामा कास्कीले कम्तिमा ४ वटा स्वर्ण पदक ल्याउने प्रमुख निर्णायक योगेन्द्र शेरचनले बताए।

पुरुष एकलतर्फ आर्मीका तवीन गुरुङ र काठमाडौंको वेस आर्चरीका प्राञ्जल राई फाइनलमा प्रवेश गरेका छन्। सोही इभेन्टको महिलातर्फ अन्नपूर्ण आर्चरी क्लब कास्कीकी अर्चना थापा र अन्नपूर्णकै अनुसा गुरुङ फाइनलमा प्रवेश गरे्। स्ट्याण्डर पुरुष समूहतर्फ आर्मी र वेस आर्चरी फाइनलमा प्रवेश गरेका छन्।

३० मिटरको दुरीमा महिला समूहतर्फ अन्नपूर्ण आर्चरी क्लब र कन्चनपुर आर्चरी क्लब फाइनलमा प्रवेश गरे। मिक्स टिमतर्फ अन्नपूर्णका राजकुमार छन्त्याल र अर्चना थापाको जोडी फाइनलमा पुग्दा आर्मीका तवीन गुरुङ गुरुङ र मन्वु बजगाइ फाइनलमा पुगेका हुन्

७० मिटर रिकभ खुल्ला एकल तर्फ कास्कीका आशिम शेरचन र मुकेस तामाङ फाइनलमा प्रवेश गरे भने महिलातर्फ आर्मीकी ज्ञानु अवाले र आर्मीकै मित्र राई फाइनलमा यात्रा बनाएका हुन्।

पुरुष एकल ५० मिटरतर्फ जागृत गुरुङ र राजेश राना फाइनलमा प्रवेश गरे। टिम रिकभ पुरुष तर्फ कास्की र नेपाल पुलिस फाइनल पुगे। रिकभ मिक्स टिममा आर्मीका रोशन नगरकोटी र ज्ञानु अवालेको जोडी तथा आर्मीका डम्बर थापा र आयिषा तामाङ फाइनलमा प्रवेश पाए।

त्यस्तै, पुरुषतर्फ भएको फुटबलमा एपिएफसँग गण्डकी प्रदेश २–१ ले पराजित भएको प्रशिक्षक शम्भु केसीले बताए। गण्डकी प्रदेशले लिग चरणका दुई खेलमा पराजित एकमा बराबरी खेलेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width