पोखराका तीन स्थानमा बम भेटियो, सैनिक नायक घाइते

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७६
57313579_428889024323562_5499314144848904192_n

पोखरा, ५ बैशाख । पोखराको न्यूरोड स्थित बिग एफएम र पोखरा ट्ेडमलकाे दक्षिणी भागको सडक छेउमा विहीवार दिउसो बम फेला परेपछि नेपाली सेनाको प्राबिधिक टोलीले निश्क्रिय पारेको छ ।

टिनको वट्टामा टेपले बेरी तार जडानगरी राखिएको अवस्थामा बम फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पोखराको अत्याधिक भीड लाग्ने उक्त ठाँउमा राखिएको बमले सर्वसाधारणलाई क्षति हुन नदिन सुरक्षा घेरामा राखिएको थियो । उक्त बम नेपाली सेनाको प्राबिधिक टोलीले विहीवार दिउसो नै निश्क्रिय पारेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । स्थानीयका अनुसार उक्त बम एक महिलाले त्यहाँ ल्याएर छाडेको बताइएको छ ।

विप्लव समूहद्वारा विहीवार विहान पोखराको नदीपुर स्थित गण्डकी प्रदेश सभा भवन नजिकै सडक छेउ र पोखरा–२९ लेखनाथको सैनिक बस्तीको सडक छेउमा राखिएको बम नेपाली सेनाको पोखरा बैदाम स्थित काली भञ्याङ गणको प्राबिधिक टोलील विहीवार विहान निश्क्रिय पारेको थियो ।

पोखराको नदीपुरमा बम निश्क्रिय पार्ने क्रममा नेपाली सेनाका नायक धर्मबहादुर थापा घाइते भएको छन् । देव्रे हातमा गम्भीर चोट लागेको थापालाई थप उपचारका लागि विहीवार नै काठमाण्डौ स्थित छाउनी अस्पताल लगिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

विप्लव समूहको बन्दको प्रभाव पोखरामा सामान्य रुपमा परेको छ । केही मात्रामा निजी तथा सार्वजनिक सवारी साधन संचालनमा छन् भने केही मात्रामा पसलहरु समेत संचालनमा छन् ।

प्रहरी स्कटिङमा विहीवार विहान २८ वटा वस पोखरावाट काठमाण्डौका लागि छुटेको जानकारी प्रहरी प्रवक्ता गुरुङले दिए । पोखराका विभिन्न चोकमा सशस्त्र र जनपथका सुरक्षाकर्मी खटिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width