पोखरा, २९ चैत । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको पोखरा–२८ स्थित ठूलाकोटको पर्यटन प्रवद्र्धन गर्न थालिएको छ ।
ठूलाकोटमा रहेको कालभैरव र चण्डी देवीको मन्दिरमा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वासले चैतेदशैँ तथा बडादशँैको अवसरमा टाढाटाढाबाट पनि दर्शनार्थीको घुइँचो लाग्न थालेपछि धार्मिक पर्यटनलाई अघि बढाउन सकिने सोचका साथ योजना अघि सारिएको बताइन्छ ।
पोखरा बजारबाट १५ किमीको दूरीमा रहेको यस ठाउँबाट सूर्योदय र सूर्यास्त नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ, हाल होटल तथा घरबास (होमस्टे) को विकास हुँदा पर्यटनको प्रचुर सम्भावना रहेको जानकारी स्थानीय सरोज केसीले जानकारी दिए ।
यहाँको पर्यटकीय सम्भावनालाई देखेरै धार्मिक मठमन्दिर, देउराली, कोटहरु, वराहक्षेत्र, ताल तलैया, सांस्कृतिक धरोहरलगायतका महत्वपूर्ण क्षेत्रको रूपमा रहेको ठूलाकोटलाई केन्द्रविन्दु मानी यस क्षेत्रको एकीकृत विकास गरी धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना अघि सारिएको भनाई उक्त वडाका वडाध्यक्ष निर्मल सुनार दियालीले बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१