१. जातीय छुवाछूत विरुद्धका अभियन्ताहरुको टोली छुवाछूत अन्त्यका लागि महाकालीमेची पैदलयात्रामा निस्केका छन्। चैत्र ३ गते महाकालीको दोधारा चाँदनीबाट पैदलयात्रामा हिँडेका उनीहरु २४ सै दिनमा बुटवल आइपुगेका थिए। आफ्नो गन्तव्यको आधा बाटो पार गरेर उनीहरु देवदह, सुनवल हुँदै पूर्वतिर बढिरहेका छन्।
२. सामान्य किसिमले हेर्दा नेपालमा जातीय भेदभाव र छुवाछूतप्रथाको अन्त भएको मानिन्छ। नेपालको ऐन कानूनदेखि संविधानमासमेत छुवाछूतको कतै उल्लेख छैन। ती ऐन कानूनले छुवाछूत र भेद्भाव गनेर्लाई जरिवानाको समेत व्यवस्था गरेका छन्। कहीँ कतै त्यस्तो भेदभाव गनेर्लाई जरिवाना गर्ने गरिएको पनि छ।
३. नेपालमा त्यस्तो भेदभावको अन्त्य गरेको २०२० सालमा हो। मुलुकी ऐनमा संशोधन गरेर भेदभावको अन्त्य गरिएको थियो। तर कागजी रुपमा अन्त्य गरिए पनि व्यवहारमा त्यसको अन्त्य भएको थिएन। ती टाठाबाठाहरुले त्यही ऐनलाई देखाएर सार्वजनिक स्थल र गोष्ठी आदिमा, देशमा छुवाछूतको अन्त्य भएको विवरण दिने गर्दथे।
४. तर व्यवहारमा अझ पनि छुवाछुत प्रथाको अन्त्य भएको छैन। दलित उपेक्षितहरुले अझ पनि त्यसको पीडाबोध गरिरहेका छन्। त्यसो भएको हुँदा अभियन्ताहरुले गर्मी मौसम लागेको र वर्षा बराबर भईरहेको बेलामा पनि पैदलयात्राको आयोजना गर्नु परेको छ। समाजको ध्यान आफ्नो उद्देश्यमा केन्द्रित गर्न र गराउन छुवाछूत विरुद्ध प्रतिबद्धता जनाउन जुन अभियान थालिएको छ, त्यो सम–सामयिक छ।
५. हाम्रो समाज पुरातनपंथी प्रवृत्तिको छ। यहाँ पुरानोको मोह बढी गर्ने गरिन्छ। कहीँ कतै परिवर्तनको प्रगतिशीलताको र क्रान्तिकारी भावनाको प्रभाव न पर्ने होइन, तर पछि त्यस्तो भावना विस्तारै हराउँदै जान्छ। हिजोका क्रान्तिकारीहरु आज परम्परावादी भएकाछन्। हिजोका नास्तिकहरु आज आस्तिक भएर धर्मको व्याख्या गर्ने पनि भएकाछन्।
६. हामीकहाँ राजनीतिक क्रान्ति भएकाछन्। त्यस्तो क्रान्तिले समाजमा परिवर्तनको हावा निश्चय नै ल्याउँछन्। तर कुनै पनि क्रान्ति यहाँ सफल भएका छैनन्। सबै क्रान्तिहरु सम्झौतामा गएर टुङ्गिएकाछन्। सम्झौतावादीहरु क्रमशः परम्परावादी हुन्छन् भने उत्साह र उमङ्ग बोकेकाहरु क्रान्तिको नारा लगाउने गर्दछन्। यो शाश्वतजस्तै भएको छ।
७. त्यसैले भन्नु पर्दछ, नेपाली समाज दलित उपेक्षितहरुप्रति उदार छैन। दलित पीडित र पिछडिएकाहरुले आरक्षणको नाममा केही सुविधा के पाएको थियो, त्यसमा रिस गर्न थालिएको छ। त्यस्तो सुविधा एक पटकभन्दा बढी दिनु हुँदैन भन्न थालिएको छ। सयौं वर्ष दबाएर राखिएका पढ्न, लेख्नबाट वञ्चित गरिएका र अछुत भनेर हेपेर राखिएकाप्रति सहानूभूतिसम्म नराख्नु विडम्बनाहो। यी सबै दृष्टिले महाकालीमेची पैदलयात्राको महत्व छ र त्यतातिर सबैले सकारात्मक सोच राखेर हेर्नु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१